Sunday April 02, 2023

चर्चित नायिका रजनी गुरुङलाई बेलायतमा स्वागत

२३ फाल्गुन, २०७९ शीतलपाटीन्युज डटकम। 1158


चर्चित नायिका रजनी गुरुङलाई बेलायतमा स्वागत

शीतलपाटीन्युज डटकम।

लन्डन। नेपाली चलचित्रकी चर्चित नायिका रजनी गुरुङ (मंगली) बेलायत आईपुगेकी छिन्। ६ मार्च २०२३ सोमबारका दिन अल्डरसटको पानस रेष्टेरेष्टमा हुने ‘सोल्टीनीको बोली मिठो’ गीतको म्युजिक भिडियो प्रिमियरका लागि उनी बेलायत आएकी हुन्। उनलाई तमु धिं यूकेका सल्लाहकार दिलरास तमु,अमृत तमु, गुरुङ चलचित्रका नायक विमल तमु,साजन तमु लगायतले लन्डनको हिथ्रो इन्टरनेशनल एयरपोर्टमा खदा र फूलले स्वागत गरेका छन् ।

उनलाई पानस रेष्टुरेष्टमा पनि भब्य स्वागत गरिने कार्यक्रम रहेको छ। चर्चित हाँस्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’ मा ‘मंगली’ को भूमिकामा देखिएपछि नायिका रजनी गुरूङको परिचय एकाएक चुलिएको थियो। ‘मेरी बास्सैमा’ उनी बुद्धि तामाङ (हनुमाने) को श्रीमतीको रूपमा प्रस्तुत भएकी थिइन्। स्याङ्जामा जन्मिएकी रजनी सानैबाट नाचगानमा निकै रूचि राख्थिन्।

उनको प्रतिभा देख्नेहरू पनि कलाकारिता क्षेत्रमै जम्नसक्ने सम्भावना भएको व्यक्ति भन्थे । हुन पनि अहिले उनको परिचय कलाकारिता क्षेत्रबाटै फराकिलो बन्दै गएको छ। परिवारले पनि नाचगानलाई रूचाउने हुँदा उनलाई कलाकारिता क्षेत्रमा आउनको लागि खासै समस्या परेन। एक दशक बढी समयदेखि कलाकारिता क्षेत्रमै भविष्य खोजिरहेकी रजनी हाल पोखरा बसेर यसैलाई निरन्तरता दिँदै आइरहेकी छिन्।

अहिले उनी स्थापित भइसकेकी छिन्। ‘रजनी’ भन्दा पनि ‘मंगली’ नामबाट बढी परिचित भएको उनको महसुुस छ। उनले अभियान फिल्मस्को ब्यानरमा निर्मित गुरूङ भाषाको चलचित्र धिँ अर्थात् घरबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्। त्यसपछि उनले लगातार प्ह्रेँस्यो (दुलही), भ्रँे (पाहुना),प्रे सोना (सँगै बाँचौँ),‘सुराग’,धिं (घर) लगायतका दर्जनभन्दा बढी गुरूङ चलचित्रमा काम गर्ने अवसर पाइन्। उनले ठूलो पर्दामा पनि काम गर्ने अवसर पाइन्। नेपाली चलचित्र ‘टलकजंग भर्सेस टुल्के’,‘मट्टीमाला’,‘साली कस्को भेनाको’  लगायत चलचित्रमा काम गरिसकेकी छिन्।

साभार-गोर्खामिडीया।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?