२३ फाल्गुन, २०७९
शीतलपाटीन्युज डटकम।
फागु पूर्णिमा-होली पर्व,बेलायतको पिटरबरो र यस वरपर बस्ने नेपालीहरूले सयौंको उपस्थितमा एकसाथ रंग साटा-साट गरी मनाएका छन्।
पिटरबरो नेपाली समाजले आफ्नै संचालनमा रहेको स्थानिय स्टाफोर्ड हलमा आयोजना गरेको हिन्दु धर्मालम्वी नेपालीहरूको रंगीन फागु पूर्णिमा- होली पर्ब स्थानिय दिदीबहिनी, दाजुभाई एवं साना बाबु-नानीहरूको उपस्थितिमा धुमधामले एक-आपसमा आत्मियता साट्दै एवं रंगहरूसंग रंगिएर मनाएका हुन्।
नाचगान, गीत-संगीत, चियापान र रंग-अविर सहित एक-आपसमा शुभकामना आदान-प्रदान बिशेष उक्त कार्यक्रम दिउँसो चार बजेबाट साँझ ७ बजेसम्म चलेको समाजका महासचिव निरन्जन सेढाँईले शीतल पाटी न्यूज़लाई बताए। कार्यक्रमको संयोजन गर्नुहुने समाजका उपाध्यक्ष श्री बिष्णु थापा, ट्रष्टी संयोजक श्री महेश अधिकारीले कार्यक्रममा शुभकामना मन्तब्य दिएका थिए।
महासचिव सेढाईँले उपस्थित् सबैप्रति शुभकामना दिँदै सहयोगी सबैप्रति समाजका तर्फबाट हार्दिक आभार प्रकट गर्दै कार्यक्रमको समापन गरेका थिए। महासचिव सेढाईँले नेपालमा संचालित “घर-आँगन शिक्षा” च्यारिटी सहयोग बिशेष पिटरबरो नेपाली समाजले संयोजन गर्न लागेको नेपाली चलचित्र “महापुरुष”शो सोमवार १३ मार्चमा हुने जानकारी दिँदै सबैलाई निम्तो पनि दिएका थिए।