Sunday April 02, 2023

विश्व नेपाली साहित्य महासङ्घ पश्चिम शाखा युकेले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा साहित्यिक कार्यक्रम सम्पन्न गर्यो

२७ फाल्गुन, २०७९ शीतलपाटीन्युज डटकम। 1383


विश्व नेपाली साहित्य महासङ्घ पश्चिम शाखा युकेले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा साहित्यिक कार्यक्रम सम्पन्न गर्यो

शीतलपाटीन्युज डटकम।

लण्डन। आज मिति १० मार्च २०२३ शुक्रवार साझ जुमको माध्यम बाट विश्व नेपाली साहित्य महासङ्घ पश्चिम शाखा युकेले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ। जिएफएनएल पश्चिम शाखाले विभिन्न अवसर पारेर नियमित साहित्यिक कार्यक्रमहरु राख्ने गर्दछ। कार्यबाहक अध्यक्ष गोमा रानाको अध्यक्षतामा भएको थियो र सस्थाका सह सचिब जित बुढाथोकीले कार्यक्रम सन्चालन गरेका थिए। 

कार्यक्रमको पहिलो चरणमा सस्थाका सदस्य प्रतिमा के सीले नारी दिवसको बारेमा आफ्नो भनाइका साथ स्वागत मन्तव्य राखेका थिए। त्यसपछि जिएफएनएल पश्चिम शाखाका अध्यक्ष श्री लाल सुन्दर राइको सुपुत्र प्रविन जोयल राइको गत २७ डिसेम्बर मङ्गलबार ३८ वर्षको अल्पायुमै निधन भएको खबरले पस्चिमा शाखा अत्यन्तै मर्माहित छौं। स्वर्गीय जोयल राइको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण साथी शोकाकुल परिवारमा धैर्य धारण गर्ने प्रबल शक्ति मिलोस भनी मौन धारण गरेको थियो। 

यस्को साथै पश्चिम शाखाका श्रस्टा गीतकार मुकेश राइको भर्खर रिलिज भएको गीत (फुल झै) जय तामाङ्को गीत (शिथिल भइ ओछ्यान पर्दा) र शान्ति लिम्बुको गीत (आमा) तिनै जनालाइ कार्यबाहक अध्यक्ष रानाले ब्यक्तिगत र सस्थाको तर्फबाट हार्दिक बधाई तथा उतरोत्तर प्रगती,आगामी  दिनमा अन्य सदस्यको कृति प्रकाशन होस भनि शुभकामना ब्यक्त गरेका थिए।

प्रमुख सल्लाहकार डा.सुमाया राईले नारी दिवस एक दिन मात्र होइन ३६५ दिन नै भासण र कुरा मात्र नभई व्यबहारमा पनि समान होस। महिला माथिको शोषण, हत्या हिंसा दुव्र्यवहारको अन्त्य होस। बेलायतमा बसेर नेपालमा पीडित रहेका कयौं महिलाहरुको पिडा महसुस गर्दै उद्दार गर्न सकियोस् । कुनै महिलामा अन्याय नहोस भनि शुभकामना मन्तब्य राखेका थिए।

दोस्रो चरणमा उपस्थित सबै  श्रस्टाले आआफ्नो श्रीजना वाचन गरेका थिए। गीत  कविता  च‍टिलो मुक्तक वाचनले साच्चिकै कार्यक्रम सफल भएको थियो। प्रतिमा केसी, गङ्गा भन्डारी, रघु भन्डारी, देवी आले, डा. सुमाया राई, जित बुढाथोकी, नानू राना थापा लगायतका अन्य श्रस्टाले श्रीजना वाचन गरेका थिए।

अन्त्यमा का.अ. रानाले नेपालदेखि जोडिनु भएका नानू राना लगायत उपस्थित सबै र काम विशेषले उपस्थित हुन असमर्थ सल्लाहकार  साथै सदस्य सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।

(समाचार-गोमा राना)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?