Thursday June 01, 2023

यतीको परोपकारी च्यारीटीमा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल प्रमुख अतीथी

१५ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम । 2903



शीतलपाटीन्युज डटकम।

लण्डन । समाज सेवाको क्षेत्रमा वेलायत तथा युरोप क्षेत्रकै सबै भन्दा पुरानो संस्था यती नेपाली एसोसियसन युकेले पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल प्रमुख अतिथी रहने एक च्यारिटी कार्यक्रमको आयोजना गरी सेवा गर्ने भएको छ ।

यती नेपाली एसोसियसनले हिजो विहीवार लण्डन स्थित गोल्डेनसिप रेष्टुरेन्ट हेरोमा आयोजीत एसोसीयसनको मीटीड्गमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी दिइएको हो ।अध्यक्ष शशीधर नेपालको अध्यक्षतामा भयको सो कार्यक्रम एसोसीयसनका महासचीव बाचस्पति रेग्मीले उपस्थीत सबैलाई स्वागत गर्दै आसनग्रहण गरायर कार्यक्रम शुरु गरेका थिए।

च्यारीटी कार्यक्रम संयोजक यतीका निवर्तमान अध्यक्ष उमेसराज मोक्तानले पत्रकारहरुसंग  नेपालको दुर्गम पहाडी जील्लामा बस्ने असहाय, अशक्त, निमुखा, विपन्न, द्वन्द पीडित बालबालिकाको शिक्षा र स्वास्थ्यको लागि काम गर्दै आएको मानव जीवन संरक्षण मञ्च नेपाल र हेमन्त मोक्तान फाउन्डेसनको सहयोगार्थ च्यारिटी कार्यक्रमको आयोजना हुन लागेको कुरा बताउनु भयो ।

२८ अक्टोवर २०१८  मा ग्रीनफ़ोर्ड टाउन हलमा संस्थाका निबर्तमान अध्यक्ष उमेस राज मोक्तानको संयोज़क़त्वमा हुने सो च्यारिटी कार्यक्रममा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल प्रमुख अथिति रहनु हुनेछ भने बिशेष अथिति बेलायतका लागि नेपाली राजदुत डा दुर्गा बहादुर सुबेदी रहनु हुनेछ ।

उक्त च्यारीटी कार्यक्रममा पुर्व प्रधानमन्त्री नेपाल सहित अतिथिको रूपमा गायक अभियानकर्ता फाउन्डेसनका अध्यक्ष हेमन्त मोक्तान, हास्य कलाकार मनोज गजुरेल र चर्चित नायिका डान्सर मरिस्का पोखरेलको समेत उपस्थिति रहने र बिविध सास्कृतिक कार्यक्रमले सो साझ मनोरन्जनात्मक समेत हुनेछ ।

"मानव जीवन संरक्षण मंच नेपाल र हेमन्त मोक्तान फाउण्डेसन नेपाल" को सहयोगार्थ "अध्यारोबाट उज्यालो तर्फको यात्रा" कार्यक्रमलाई नजीकबाट नियाल्नु भयका पुर्व प्रधानमन्त्री नेपालले आर्थीक सहयोग गर्ने सहयोगदाताहरु र संघसंस्थाहरुलाई कदर पत्रले सम्मान समेत गर्ने कार्यक्रम रहेको सो कार्यक्रममा प्रमुख अतिथी एवम सास्कृतिक टीमको भीसा लागी सकेको र कार्यक्रमका लागी पुर्ण तयारी हुदै रहेको जानकारी गराइसको छ। गोरखा स्टुडियो देव गुरुड्ग, बिमला सेनी, दिनेस कुमार, नेपाली पत्र सीध्दार्थ सीह क्षत्री, एभरेष्ट टाइम्स, शीतलपाटीन्युज , खुसी लीम्बु डटकमका खुसी लीम्बुको उपस्थीत रहेको सो पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष शशीधर नेपालले यती नेपाली एसोसियसनले गतवर्षहरुमा गर्दै आएको यती कप फुटवलको सट्टा ९ सेप्टेम्वरमा नया संस्करणको लन टेनिसको आयोजना गर्न लागेको,१७ अक्टोवरमा लण्डनस्थित गोल्डेनसिप रेष्टुरेन्टमा दशै शुभकामना आदानप्रदान कार्यक्रम र संस्थाको नयाँ कार्यसमितिको निर्वाचनको लागि राजकुमार त्रिपाठी संयोजक र शिद्धार्थ बिक्रम क्षत्री रहेको एक निर्वाचन समितिको समेत पत्रकार सम्मेलनमा घोषणा गर्नु भएको थियो ।निर्वाचन मिति घोषणा नगरिए पनि छिट्टै निर्वाचन सम्पन्न हुने वताएको छ ।

 साथै यो कार्यक्रम बेलायतमा शुरु भै बिश्वका धेरै देशमा च्यारीटी गर्दै नेपालको मनाड्ग जील्लाको अग्लो भुभागमा अन्तीममा कार्यक्रम गरी उदाहरणीय बनाउने र गीनीज बुक अफ वरल्ड रेकर्ड राख्ने उदेश्य रहेको हेमन फाउन्डेसनका फाउन्डर प्रेसीडैन्ट हेमन्त मोक्तानले नेपालबाट बताउनु भयको छ। च्यारिटी कार्यक्रम संयोजक  मोक्तानले बालबालिकाको भविष्यसंग जोडिएको सो अभियानमा एनआरएन युकेसंग सहकार्य गरेको र सबै दयालु मनका धनीहरुलाई हातेमालो गरी सहयोगको लागि आग्रह गर्नु भयको छ।

पत्रकार सम्मेलनमा समाजसेवी ध्रुव केसी, सोलिसिटर राजु थापा, हरिसिंह थापा, मदन थापा, आरती श्रेष्ठ लगायतको उपस्थिती थियो ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?