Sunday April 02, 2023

राष्ट्रपति पौडेलको शपथग्रहण कार्यक्रम सम्पन्न

२९ फाल्गुन, २०७९ शीतलपाटीन्युज डटकम। 1166


राष्ट्रपति पौडेलको शपथग्रहण कार्यक्रम सम्पन्न

शीतलपाटीन्युज डटकम।

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार दिउँसो आयोजित विशेष समारोहका बीचमा  पौडेलले शपथग्रहण गरेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ गराएका हुन्। शपथग्रहण समारोहमा उपराष्ट्रपति,प्रधानमन्त्री,पूर्वराष्ट्रपति लगायतको उपस्थिति रहेको थियो। पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए। 

सो अवसरमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो। साथै नेपाली सेनाको एक टुकडीले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाइका क्रममा सलामी अर्पण गरेको थियो।

निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाइका क्रममा सरकारका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए। आजबाट नै राष्ट्रपति पौडेलले राष्ट्राध्यक्षको रूपमा काम गर्नेछन्।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?