Sunday April 02, 2023

नेपाललाई बेलायतले दिने १४ अर्ब सहायताको सम्झौतापत्रमा हस्ताक्षर

३ चैत्र, २०७९ शीतलपाटीन्युज डटकम। 1092


नेपाललाई बेलायतले दिने १४ अर्ब सहायताको सम्झौतापत्रमा हस्ताक्षर

शीतलपाटीन्युज डटकम।

काठमाडौ। बेलायत सरकारले नेपालको स्थानीय तहमा पूर्वाधार विकास कार्यक्रमका लागि गर्न लागेको सहायतासम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  

बेलायतको १४ अर्ब ३१ करोड रूपैयाँ (९ करोड पाउण्ड) को सहयोगसम्बन्धि सम्झौतापत्रमा दुई देशका सरकारबीच विहीबार सम्झौता भएको हो। नेपाल सरकारको अर्थमन्त्रालय र नेपालस्थित बेलायती राजदूतावासबीच सम्झौता भएको छ । 

नेपालका लागि बेलायती राजदूत निकोला पोलिट र अर्थसचिव तोयम रायले सहायता सम्झौतामा हस्ताक्षर गरेका छन्। यसअघि बुधबार मन्त्रिपरिषद्को बैठकले उक्त सहयोग स्वीकार गरेको थियो।

बेलायत सरकारले गरेको सहयोग मधेस प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका स्थानीय तहमार्फत पूर्वाधार विकासका क्षेत्रमा खर्च गरिनेछ।

(नेपालीलिंकबाट



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?