Monday May 29, 2023

काउन्सीलर उमेदबार सुमन पुनले ल्याइन् "यस्तो एउटा संसार" (भिडियो)

१४ चैत्र, २०७९ शीतलपाटीन्युज डटकम। 1415


काउन्सीलर उमेदबार सुमन पुनले ल्याइन् "यस्तो एउटा संसार" (भिडियो)

शीतलपाटीन्युज डटकम।

काठमाडौं। गायक गंगाराज राई र गायिका सुनिता थेगिमको स्वर रहेको "यस्तो एउटा संसार" बोलको गीतको भिडियो रिलिज गरिएको छ। गायक गंगाराजकै संगीत रहेको सार्वजनिक गीतका शब्द जानु काम्बाङ लिम्बुको हो।

भिडियोमा अभिनेता ध्रुव दत्त र मोडल रोजिना ढकालको अभिनय रहेको छ। एक प्रेमील जोडीको रोमाञ्चिक प्रेम कहानीले भरिएको "यस्तो एउटा संसार"मा ध्रुबसँग अभिनय गर्दा रोजिना गज्जबले खुलेकी छिन्।

डेढ दशकदेखि लन्डनमा बसेर म्यूजिक भिडियो निर्देशनसँगै संचारकर्ममा पनि व्यस्त रहेका निर्देशक कुशल श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोको निर्माण लन्डनको स्थानीय राजनीतिमा कन्जरभेटीभ पार्टीबाट पाइला चाल्दै गरेकी सुमन पुनले गरेकी हुन्।

यस्तै म्‍युजिक भिडियोको छायांकन र सम्पादन निर्देशक श्रेष्ठले नै गरेका हुन्। कुशल बेलायतका लोकप्रिय सञ्चारकर्मी हुन्। उनले निर्देशन गरेका दर्जनौं म्यूजिक भिडियो भन्दा यो केही पृथक छ। जसमा कोरियोग्राफी एवं मेकअप दीपिका श्रेष्ठको रहेको छ। जसमा उदयराज पौडेलको एरेन्ज तथा किशोर थापाको मिक्सिङ छ।

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?