१९ चैत्र, २०७९
शीतलपाटीन्युज डटकम।
काठमाडौं। कुशल श्रेष्ठको निर्देशनमा तयार भएको "यस्तो एउटा संसार" बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ। डेढ दशकदेखि बेलायतमा बसेर म्युजिक भिडिओ सञ्चारकर्ममा व्यस्त निर्देशक श्रेष्ठको निर्देशनमा तयार भिडिओमा अभिनेता ध्रुव दत्तसहित रोजिना ढकालको अभिनय छ।
निर्देशक श्रेष्ठले ‘यस्तो एउटा संसार’ मा मोडल रोजिनालाई डेव्यू गराएका हुन्। गायक गंगाराज राई र गायिका सुनिता थेगिमको स्वर रहेको यस गीतमा गंगाराजकै संगीत छ । गीतका शब्द जानु काम्बाङ लिम्बूका हुन्। रोमाञ्चिक प्रेम कहानीले भरिएको म्युजिक भिडिओमा ध्रुव-रोजिनाले अब्बल अभिनय देख्न सकिन्छ।
भिडिओको निर्माण सुमन पुनले गरेकी हुन् । सुमनले बेलायतको राजनीतिसँगै नेपालको गीत संगीतमा विशेष रुची राख्दै आएकी छिन्। गीतमा कोरियोग्राफी एवं मेकअप दीपिका श्रेष्ठको रहेको छ। जसमा उदयराज पौडेलको एरेन्ज तथा किशोर थापाको मिक्सिङ छ
(श्रोत-नेपाल प्रेस)।