Monday May 29, 2023

संघिय सांसद ठाकुर गैरेद्वारा मिर्गौला पिडीत बिरामीलाई सहयोग रकम हस्तान्तरण

१९ चैत्र, २०७९ शीतलपाटीन्युज डटकम। 1218


संघिय सांसद ठाकुर गैरेद्वारा मिर्गौला पिडीत बिरामीलाई सहयोग रकम हस्तान्तरण

शीतलपाटीन्युज डटकम।

लण्डन। ३ महिना देखि मिर्गौला पीडित पाल्पा सोमदी निवासी बिजय पोखरेलको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको समाचार प्राप्त भएको छ। उहाँको उपचारको लागि लाग्ने खर्च सम्बन्धित परिवारले गर्न सक्ने अवस्था आएकोले आ-आफ्नो ठाउबाट सक्दो आर्थिक सहयोग गरी बिजय पोखरेलको जीवन रक्षा गर्ने अभियानलाई सफल पार्न अपिल गरिएको छ। 

सो उपचारका लागि बेलायतबाट आकाश भण्डारी र बासना पोखरेल भण्डारीले गर्नु भयको अपिल आह्वान अनुसार र श्रीजनशिल लेस्टर नेपाल युकेका अध्यक्ष नारायण फुयालको बिशेष सकृयातामा केही राहात स्वरुप उठेको रकम रु ३०९,४४०.०० (pound sterling £1934) विरामीलाई हस्तान्तरण गरिएको छ। 

पाल्या छेत्र नम्बर २ का संघिय सांसद ठाकुर गैरेले उक्त सहयोग रकम हिजो परिबारला ई हस्तान्तरण गरेको कुरा फेसबुक बाल मार्फत जानकारी गरा उनु भयको छ। बिजय पोखरेलको शीघ्र स्वास्थ लाभको कामना गर्दै,  युकेबाट सहयोग गर्नु हुने सबैलाई विशेष आभार प्रकट गरीएको छ।

विगत ३ महिना देखी आफ्नो दुबै मृगौला फेल भएका पाल्पा जिल्ला रैनादेबी छहरा -२ तानसिङ्गल  निवासी बर्ष ३५ का बिजय पोखरेल काठमाडौं स्थित टिचिङ हस्पिटलमा उपचाररत हुनुहुन्छ। हाल किडनी डायलसिस भइरहेको र अब छिटै किड्नी ट्रान्सप्लान्टको लागि तयारीको प्रकृया अगाडी बढीरहेको पनि जानकारी प्राप्त भयको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?