Monday May 29, 2023

बेक्स्ली नेपाली समाजले गर्यो २६ हप्ते योग तथा फिटनेस प्रशिक्षण कार्यक्रमको शुभारम्भ 

१० बैशाख, २०८० शीतलपाटीन्युज डटकम। 1527


बेक्स्ली नेपाली समाजले गर्यो २६ हप्ते योग तथा फिटनेस प्रशिक्षण कार्यक्रमको शुभारम्भ 

शीतलपाटीन्युज डटकम।

लन्डन। बेक्स्ली नेपाली समाज बेक्स्ली लण्डनले २६ हप्ते योग तथा फिटनेस प्रशिक्षण कार्यक्रम शुरु गरेको छ। बेक्स्ली नेप्लिज् कम्युनिटीको संयोजनमा सञ्चालन हुने उक्त प्रशिक्षण कार्यक्रमको  शनिबार स्थानीय बेक्स्ली बरोका उपमेयर रग्स सन्धुको प्रमुख  आथित्यमा प्रमुख अथिति सहित,सांसद लुइ फ्रेञ्च, समाजको अध्यक्ष आनन्द धरेल र संस्थापक अध्यक्ष केश बहादुर गुरुङले सयुक्त रुपमा कार्यक्रमको ब्यानर अनावरण गरि कार्यक्रमको उद्घाटन गर्नुभयको थियो।  

यो प्रशिक्षण स्थानीय ह्यारिस एकेडेमीको हलमा हरेक साताको शनिबार र आईतबार बिहान ८ बजेबाट ९:३० बजेसम्म सञ्चालन हुनेछ। उक्त प्रशिक्षणका लागि स्थानीय नेपाली महिला र पुरुष गरी करिब ७ दर्जनले आफ्ना नाम दर्ता गराउनु भयको छ। उहाहरुलाई फिटनेस प्रशिक्षक रिना गुरुङ र योगातर्फ शिक्षिका सरिता शर्माले सिकाउनु हुनेछ। यो कार्यक्रमले  बेक्स्ली नेपाली कम्युनिटीलाई स्वस्थ रहनको लागि मदत पुग्नुको साथै समाजमा सबैलाई जोड्दै अझै ससक्तरुपमा अघिबढाउन सहयोग पुराउने कुरा अध्यक्ष आनन्द धरेलले जनाउनु भयको छ।

प्रशिक्षण उद्घाटन गर्दै प्रमुख अतिथि उपमेयर रग्स सन्धु र विशेष अतिथि सांसद फ्रेञ्चले बेक्स्ली नेप्लिज् कम्युनिटीले फिटनेस र योग प्रशिक्षण सञ्चालन गरेकोमा खुलेरै प्रशंसा गरेका थिए। अतिथी द्वयले स्थानीय नेपाली समुदायसित मिलेर अघि बढ्न  र  आउदा दिनहरुमा  पनि सहकार्यको लागि आफुहरु प्रतिवद्ध रहेकोपनि  जनाकरी  गराउनु भयकोथियो।  

कार्यक्रममा प्रमुक अथिति बेक्स्ली बरोका उपमेयर रग्स सन्धुले पन्जाबी भांन्र्गा नित्य गरेर उपस्थित सबैलाई , नाच्न ,रमाइलो गर्न , योग र सारीरिक ब्यायामको मध्यम बाट स्वस्थ रहन उत्प्रेरणा प्रधान गर्नुभयको थियो।  

त्यसअवसरमा फिटनेस र योग प्रशिक्षणका परिकल्पनाकार समेत रहेका कम्युनिटीका कोषाध्यक्ष तथा च्यारेटी बिभाग प्रमुख दिपेन सिटौला लाई नेसनल लट्री कमुनिटी फण्ड तेस्रो पटक प्राप्त गर्न सफल भयकोमा उपस्थित सबैले हार्दिक धन्यवाद दिनुभयको थियो  भने समाजको बरिष्ट उपाध्यक्ष डाक्टर हरिस ज्ञवालीले उपस्थित सबैलाई स्वागत गर्नु भयको थियो र समाजका अर्का उपाध्यक्ष बिन्दु गुरुङले अथितिहरुलाई नेपाली ढाका टोपी लगाईदिएर सम्मान ब्यक्त गर्नु भयको थियो।  

अध्यक्ष धरेलले प्रशिक्षणको अवधारणालाई सफल पार्नको लागि सहयोग गर्न उपस्थीत सबैप्रति अनुरोध गर्नु का साथै कार्यक्रम संयोजक,सह-संयोजक, भोलिन्टीएर,कार्यसमितिका सदस्यहरु र सबै उपस्थित अथिति लगायत सबै सहभागीहरु लाई धन्यवाद दिनुभयको  थियो  भने कार्यक्रमको सञ्चालनमा  महासचिव केदार थपलियाले समाजको युवा स्वोयंसेबक सदस्यहरु कृतिका थपलिया,हेबिना सेडाई र स्मारिका न्यौपानेको साथ लियर उद्घोषण कार्यक्रम सञ्चालन गर्नुभयको थियो। 

कम्युनिटीका अध्यक्ष आनन्द धरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष केशबहादुर गुरुङ,ट्रस्टीहरु,सल्हाकारहरु,नेपाल बाट आउनु भयको बुवा-आम  सहित  समाजको उलेखनीय  सदस्यहरुको  उपस्थिति रहेको थियो र यस कार्यक्रममा समाजका  अध्यक्ष आनन्द धरेल र उपाध्यक्ष बिन्दु गुरुङले मिठो चिया र कफीको ब्यबस्था गर्नु भयको थियो भने युवा स्वोयंसेबक सदस्यहरु कृतिका थपलिया,हेबिना सेडाई, ईस्मारिका न्यौपाने,खुशी धरेल,संस्कृति ज्ञवाली , अउसा शर्मा र राजस्वी हमालका साथै यस कार्यक्रमको उपव्यबस्थापक सबिता प्रसाई सिवाकोटीलाई समाजको तर्फबाट न्यानो मायाको चिनो प्रदान गरियको थियो। यी सबै गतिबिधिहरुलाई समाजका आजीवन सदस्य गुणदेव घिमिरेले क्यामरा मार्फत कैद गर्नुभयको थियो भने बन्दना क्यटेरिङ्गले उपस्थित सबैलाई मिठो खाजाको व्यवस्था गर्नुभयको थियो र कार्यक्रमको अन्तमा अध्यक्ष आनन्द धरेल ले सन्जिब सुबेदी, हिमाल गुरुङ,चंद्रबिर गुरुङ,सोहन सुवाल,राजु न्यौपाने,हेमन्त सेढाई, बिमला सेढाई, बिमल शर्मा धरेल,आरधना ज्ञवाली,दिपा सिटौला  लगायत कार्यक्रम संयोजक,सह-संयोजक, भोलिन्टीएर,कार्यसमितिका र सबै उपस्थित अथिति सबैलाई पुन धन्यवाद दिदै नियमित रुपमा प्रशिक्षणमा सहभागी हुन अनुरोध गर्नुभयको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?