Monday May 29, 2023

रेडिंग नेपाली समाज युकेले मनायो नेपाली नयां बर्ष २०८०

१३ बैशाख, २०८० शीतलपाटीन्युज डटकम। 1083


रेडिंग नेपाली समाज युकेले मनायो नेपाली नयां बर्ष २०८०

 

शीतलपाटीन्युज डटकम।

रेडिड्ग, लण्डन। २२ अप्रिलमा रेडिंड्ग नेपाली समाज युकेले नेपाली नयां बर्ष २०८० बिशेष सांगीतिक कार्यक्रमका साथ भब्य रुपमा  मनाएको छ। नेपाल बाट आऊनुभएका कलाकार द्वय बबिता बानीया र कृष्ण काफ्लेको बेजोड प्रस्तुती तथा स्थानीय कलाकारहरुको नृत्य तथा कबिताहरुले कार्यक्रम लाई निकै रोचक तथा धमकेदार बनाएको थियो। 

नृत्य प्रस्तुत गर्ने कलाकारहरुमा स्वेता सिबाकोटी तथा बाल कलाकार सम्भबी नेपाल,राफा घिमिरे तथा प्रियान्सु र साथीहरु थिए भने  दुर्गा ढकाल,लक्ष्मी पौड्याल र संगीता राईले कबिता बाचन गर्नुभएको थियो।  

नेपाली राष्ट्रीय गानाबाट शुरु गरिएको नयां बर्ष कार्यक्रमको ऊद्घाटन रेडिंग नेपाली समाज युकेका संस्थापक प्रथम महिला बत्ती गुरुंग र अध्यक्ष्य भीमसेन खड्काले संयुक्त रुपमा पानसमा बत्ती बालेर  गर्नु भएको थियो। कार्यक्रम मा समाज का पूर्व अध्यक्ष्यहरुको तर्फबाट  अर्जुन बस्नेत,रेडिंग स्थित संपूर्ण संघ संस्थाका तर्फबाट रेडिंग मगर समाजका अध्यक्ष्य सोब रेगामी तथा अध्यक्ष भीमसेन खड्काले शुभकामना मन्तब्य राख्नु भएको थियो। 

स्वादिष्ट नेपाली परिकारहरुको ब्यबस्था सहित स्थानीय पार्क कम्युनिटी हलमा आयोजना गरिएको सो  कार्यक्रममा समाजका अग्रज ब्यक्तित्वहरु लाएयत करीब दुईसय महानुभावहरुको ऊपस्थीती रहेको थियो। कार्यक्रमको संचालन रेडिंग नेपाली समाज युकेका महा सचिव ओमकार अधिकारीले गर्नुभएको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?