Monday May 29, 2023

छैठौ पीपल नेपाल कप टी -२० क्रिकेट टुर्नामेन्ट हुदै

१४ बैशाख, २०८० शीतलपाटीन्युज डटकम। 1219


छैठौ पीपल नेपाल कप टी -२० क्रिकेट टुर्नामेन्ट हुदै

शीतलपाटीन्युज डटकम।

लण्डन। पोखरेली मंच युकेले हरेक बर्ष आयोजना गर्ने गरेको “पीपल नेपाल कप टी -२० क्रिकेट टुर्नामेन्ट” खेलाउने निर्णय गरेको छ। पोखरेली मंच युकेको २२ अप्रिल २०२३ मा बसेको बैठकले २५ जुन र २ जुलाई २०२३ मा गर्ने निर्णय गरेको कुरा मंचका अध्यक्ष करम गुरुड्गले जानकारी दिनु भयको छ।

रेडिड्ग क्रिकेट क्लव सोनिड्ग लेन RG4 6ST मा हुने सो खेलको संचालन र ब्यवस्थापनका लागि मंचका उपाध्यक्ष पबित्र गुरुड्ग संयोजक तोकिनु भयको छ। ३०० पाौण्ड टीम प्रबेश शुल्क रहेको ६ वटा क्रिकेट टिम सहभागी गराईने छैठौ पीपल नेपाल कप टी -२० क्रिकेट टुर्नामेन्टमा पीपल मर्गेज सुर्य गुरुड्ग टाइटल स्पोन्सर र रेडिड्ग नेपाली समाजद्वारा सहयोग गरिने भयको छ। खेलमा हुने टीमलाई प्रथम पुरुष्कार १५०० पौण्ड,दोश्रो हुनेलाई ७०० पौण्ड,बेष्ट प्लेयर अफ द गेमलाई १२० पौण्ड,बेष्ट वलर अफ द बलरलाई १०० पौण्ड,बेष्ट ब्याट्समेन अफ द टुर्नामेन्टलाई १००पौण्ड, मेन अफ द मैचलाई मेडल र टोकन अफ दिने निर्णय भयको छ।

बिहान ११ बजे शुरु हुने सो छैठौ पीपल नेपाल कप टी -२० क्रिकेट टुर्नामेन्टमा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथी,एनआरएन युके अध्यक्ष,स्थानिय सासंद र स्थानिय काउन्सीलरहरु बिशेष अतिथी र नेपाली संघसंस्थाबाट पाल्नु हुने प्रमुखहरुलाई अतिथी बनाईने निर्णय भयको छ।

पोखरेली मंच युकेले आयोजना गर्ने छैठौ पीपल नेपाल कप टी -२० क्रिकेट टुर्नामेन्टमा दर्शक प्रबेश निशुल्क गरिएको र खेललाई मनोरन्जनात्मक र भब्य बनाउन टीम कोअर्डिनेटरमा बिनय पुन, प्रकास गुरुड्ग र भिम महेन्द्र गुरुड्गलाइ चयन गरिएको छ। खेलमा पुरष्कारको आर्थिक संकलन स्पोन्सरबाट गर्ने योजना रहेको छ। पोखरेली मंच युकेका अध्यक्ष करम गुरुड्ड्गको अध्यक्षतामा भयको सो बैठकमा संस्थापक अध्यक्ष रि क्या सीबी पुन,निवर्तमान अध्यक्ष एवम प्रमुख सल्लाहाकार मान गुरुड्ग, उपाध्यक्ष पबित्र गुरुड्ग, पिताम्बर गुरुड्ग,भिम महेन्द्र गुरुड्ग, ओम गुरुड्ग उपस्थित रहनु भयको र याक दि हिमालयन रेष्टुरेन्ट स्वीनडनमा सम्पन्न भयको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?