१८ बैशाख, २०८०
बासुदेव सापकोटा (धादिंगे),
जिवन अल्झि रहेछ कुन गोरेटोमा खै
न मुल बाटो भेटिन्छ न भेटिन्छ चौबाटो
जिबनमा हरपल खुशि खोज्दा खोज्दै
अब जिबनले पनि पॅाच दशक नै काटो
कुन रमझमको मझधारमा फस्यो जिवन
न खुशिले साथ दियो न पिडाले छोड्यो
न आफ्ना संग नजिक बनायो न पराइ संग
रुन्चे हॅासोमा जिवन चल्दै छ हॅुदैन खै दंग
कस्तो ठाउॅममा ल्याएर खडा गरिदियो खै
न त रहर पुरा हुन पाए नत आबस्यक्ता नै
बाध्य गरायौ कुन पापि ठाउॅममा रुमल्लिन
न सकें यिनि संग रमाउॅन न तिमिलाइ पाउन
चौतारिको साटो छाडेउ भिड शहरमा ल्याएर
उकुस मुकुसमा रुमल्यौ खुशिका रंग खोसेर
पिडालाइ मनमा बॅाधेर शुस्केरा निस्कन थाल्यो
पिडाले पो इच्छा र चाहनालाइ जिस्काउन थाल्यो
न उता जान सक्छु न यता स्थिर भएर रहन सक्छु
मनमा सल्बलाउने सबै भवनालाइ अक्षरमा बक्छु
न त कसैलाइ आफ्नै हुन भनि मनमा राख्न सकें
न त कसैलाइ पराइ स्विकरि टाढा भाग्न नै सकें
अल्झेको जिवनको गॅाठो भेटिन कोहि फुकाइदिन
आंखा पनि निस्ठुरि भयो मान्दैन आंशु लुकाइदिन
पैसा नै हो रहेछ पिडा र आंशॅु सब हटाइ दिने जैले
समयमा बुज्न न सक्ने म लण्ठु पछाडि परेछु ऐले
३०/०४/२०२३
१८ बैशाख २०८०