१८ बैशाख, २०८०
शीतलपाटीन्युज डटकम।
लन्डन। बेलायतमा १९६० मा स्थापना भयो युरोप कै पुरानो नेपाली संस्था यती नेपली एसोसिएसन यूकेले नेपाली नयां वर्ष २०८० धुमधामसंग मनाएको समाचार छ। समाजसेवी डा.राघवप्रसाद धिताल (ओबीइ) प्रमुख आतिथी र अध्यक्ष पिपला पाण्डे देवानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख रोशन खनाल विशेष अतिथीका रुपमा उपस्थित रहनु भयको थियो भने संस्थाका महासचिव टंक भट्टराईले संचालन गर्नु भयको थियो। प्रमुख अतिथी डा. धिताल र विशेष अतिथी नियोग उपप्रमुख खनालले रिबन काटेर कार्यक्रम स्थलको ढोका खोलेका थिए भने उनीहरुले पानसमा बत्ति बालेर कार्यक्रम शुरुवात भयको थियो।
लाखे नाचबाट नाच्दै प्रमुख अतिथी,बिशेस अतिथी र कार्यसमिति सदस्यहरुलाई कलश बोकेका कलाकारहरुले स्वागत गर्दै कार्यक्रम हल भित्र लगेको सो कार्यक्रममा प्रमुख अतिथी डा. धितालले धेरै समय पछि यतीको कार्यक्रममा उल्लेखनीय सहभागिता देख्दा भावुक भएको जनाउंदै नयां कार्यसमितिलाई धन्यवाद र बधाई दिएका थिए। विशेष अतिथी डिसीएम खनालले नेपालको प्रतिनिधित्व हुने गरि कार्यक्रम गरेकामा आयोजकलाई धन्यवाद दिनु भयको थियो। ग्रीनवीच बरो काउन्सिलर जीत रानाभाटले यती संस्थाले सम्पूर्ण नेपाली समुदायले समेटेर केही रचनात्मक काम गर्न खोजेकामा प्रशंसा गर्दै शुभकामना दिएका थिए।
अध्यक्ष पिपला पाण्डे देवानले औपचारिक कार्यक्रम समापन गर्दै सहभागी सबै र रातदिन नभनि खटिएर कार्यक्रम पूर्ण सफल बनाउन क्रियाशील समस्त कार्यसमिति सदस्यहरुलाई धन्यवाद दिदै अध्यक्ष देवानले यतीले भविष्यमा धेरै कार्यक्रम ल्याउने पनि जनाउनु भयको थियो।
औपचारिक कार्यक्रम समापनपछि सांस्कृतिक सचिव पूर्णबहादुर थापा (दीपक मैथाने) र सहसचिव आस्था जोशीले सांस्कृतिक कार्यक्रम संचालन गरेका थिए। नेपालबाट आएका राष्ट्रिय कलाकारहरु कृष्ण काफ्ले,साहिमा श्रेष्ठ,रमिला न्यौपाने,पृथ्वी गुरुङ,बविता बानिया (जेरी) तथा लन्डन बाहिर विभिन्न ठाउँबाट आएका १३ जना कलाकारले बेजोड प्रस्तुति दिएका थिए। स्थानीय कलाकारहरुले लाखे नाचदेखि कथ्थक,शेर्पा,घाटु डान्स प्रस्तुत गर्दा कार्यक्रम बडो रोचक बनेको दर्सकहरुको भनाई रहेको थियो। सांस्कृतिक कार्यक्रममा सहभागी सबै कलाकारहरुलाई आयोजकले प्रमाणपत्र साथै नगद पुरष्कार प्रदान गरीएको थियो।
कार्यक्रममा यती पूर्व अध्यक्ष उमेशराज मोक्तानले आकर्षक राफल ड्र गराएका थिए जसमा भाग्यशाली विजेताले पहिलो पुरस्कार एक तोला सुन,दोश्रो पुरस्कार आधा तोला सुन र तेश्रो पुरस्कार ५ तोला चांदी थियो। १५ पाउण्डको टिकेटमा टु कोर्स मिल र पानी निशुल्क वितरण गरिएको थियो। क्लेरिटियन ओसिस हल हेजमा भयको कार्यक्रममा करिब ५ सय जना सहभागीता देखिएको थियो। आयोजकले यतीको सार्वजनिक कार्यक्रममा पछिल्लो दशकयता कै बढी दर्शक सहभागिता भएको जनाएको छ।