२२ बैशाख, २०८०
शीतलपाटीन्युज डटकम।
लन्डन।बेलायतमा नेपालीहरुको घनाबस्ती र ब्रिटीस क्याम्प रहेको ठाउ अलडरसटमा भुतपूर्व ब्रिटीस गोर्खा, समाजसेवी तथा व्यवसायी धनबहादुर सार्की काउन्सिलर पदमा बिजयी बनेका छन्। वलिङटन वडामा लेबोर पार्टीका तर्फबाट उम्मेदवार बनेका सार्कीले ६५२ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी कञ्जरभेटिभका हार्टली मेरी आनले ४१४ मत पाएकी थिइन।
भूतपूर्व ब्रिटीष गोर्खा धन सार्की नेपालीहरुको उल्लेख्य बसोबास भएको रसमोर बरो काउन्सीलको वलिङटन वार्डबाट बिहीबार भयको निर्वाचनमा काउन्सिलर पदमा विजयी बनेका हुन्। उनी रसमोर बरो काउन्सिलमा लेबर पार्टीबाट उम्मेदवार बनेका थिए । उनी विगत ५ वर्षदेखि लेबर पार्टीमा आबद्ध छन् ।
बेलायतको नेपाली समुदायमा समाजसेवा मै तल्लीन काउन्सिलर सार्कीले काउन्सीलर चुनाव जिते पछि अबको यात्रा राजनीतिबाट भए पनि सेवा समुदायकै लागि गर्ने अठोट व्यक्त गरेका छन। आफ्नो वडाको विकास निर्माण र स्थानीय जनतालाई सेवा सुविधा प्रदान गर्न आफ्नो कार्यकाल प्रयोग गर्ने कुरा काउन्सिलर सार्कीले बताएका छन।
नवनिर्वाचित काउन्सिलर सार्की नेपाली सृजनशील युकेका पुर्व अध्यक्ष र हाल नेपाली वेलफेयर सोसाइटी यूकेका अध्यक्ष हुन्।कोरोना महामारीमा धेरै अग्रपंक्तिमा रहेर सहयोग पुर्याएका सार्की लामो समयदेखि एनआरएनए अभियानमा सामेल भएक अभियन्ता हुन। उहाले आफूलाई काउन्सिरमा निर्वाचित हुनका लागि सहयोग पुर्याउनु हुने पूर्व र वर्तमान काउन्सिरहरु,पूर्वगोर्खाहरु,पत्रकारहरु, शुभेच्छुकहरु,शुभचिन्तकहरु र परिवारप्रति आभार व्यक्त गर्नु भसको छ।