Monday May 29, 2023

टेक्ससमा नेपाली मूलकी स्वास्थ्य परिचारिका( नर्स)को सवारी साधन दुर्धटनामा निधन

२२ बैशाख, २०८० शीतलपाटीन्युज डटकम। 1230


टेक्ससमा नेपाली मूलकी स्वास्थ्य परिचारिका( नर्स)को सवारी साधन दुर्धटनामा निधन

शीतलपाटीन्युज डटकम।

युएसए। एनआरएनए अमेकिकाज क्षेत्रका डिआरसी तथा अमेरिकाका सक्रिय समाजसेवी राम कुमार सुवेदीकी श्रीमती प्रमिला सुवेदीको टेक्सास अष्टिनमा मे ४ तारिख सांझ ८ बजेतीर दुर्घटनामा परी निधन भएको छ। 

“टेक्सासको फोर्टबर्थबाट जेठो छोरालाई अष्टिनको एउटा युनिभर्सिटीको होस्टेलमा पुर्याएर अष्टिन नजिकै रहेका आफ्नो भाईको घर जान लागेकी प्रमिलाको रकडेल काउण्टि वरपरको बाटोमा दुर्घटना भएको बुझिएको छ।”घटना थाहा पाउने बित्तिकै सुवेदी परिवारको घर पुगेका जनसम्पर्क समिति अनेरिकाका पूर्व संयोजक बिष्णु सुवेदीले जानकारी दिनु भयको छ। नेता सुवेदीका अनुसार,प्रमिलाको साथमा भएको आईडीका आधारमा प्रहरी घर मै आएर उनको मृत्यु भईसकेको भनेर खबर सुनाएको हो।

दुर्घटना कुन ठांउमा कसरी भयो,कस्को गल्ति हो भन्ने केही थाहा पाउन सकिएको छैन। प्रमिलाको पार्थिव शरीरलाई अष्टिनको रकडेल काउण्टिको एक अस्पतालमा राखिएको भनिएको छ। हिजो घरमा जम्मा भएका आफन्तहरुले उक्त डेड बडिलाई अहिले बसोबास गरिरहेको ठांउ फोर्टबर्थमा ल्याउने सल्लाह भएको पनि बुझिएको छ।“अचानक थाहा पाएपछि हामी धेरैजना घरमा पुग्यौं,रुवाबासी चल्यो। बांकी प्रक्रिया र दुर्घटनाका कारण बारे आज थाहा होला,” बिष्णु सुवेदीले भनेका छन।

प्रमिला र रामकुमारका दुई छोरा छन्। जेठो छोरा भर्खर युनिभर्सिटी गएका छन भने कान्छो छोरा अहिले आठ कक्षामा पढ्दै छन्। सुवेदी परिवार डेढ दशकदेखि अमेरिकामा बसोबास गरेको छ। दुर्घटना नभएको भए प्रमिलाले अष्टिन मै किन्न ठिक्क पारिएको घरमा आज मे ५ तारिखका दिन ‘फाईनल वाक थ्रु’ गर्ने र १२ तारिख घर पास गर्ने योजना रहेको पारिवारिक मित्र तथा जनसम्पर्क समिति अमेरिकाका नेता प्रमोद सिटौलाले नेप्लिज डायस्पोरालाई बताए। 

“उहां घरभित्र र बाहिर पनि सक्रिय हुनुहुन्थ्यो । भाउजुको निधनबाट हामी टेक्सासबासी मर्माहत भएका छौं।”नेता सिटौलाले भने।

घटना थाहा पाउने बित्तिकै रामकुमार र परिवारलाई भेट्न पुगेका जनसम्पर्क समिति अमेरिकाका नेता बिष्णु सुवेदी पनि यो अकल्पनिय घट्नाबाट आफूहरु सार्है दुखी भएको बताए।

प्रमिला सुवेदी लाईफ ईन्सुरेन्सको क्षेत्रमा पनि सक्रिय नाम हो। सुवेदीको सक्रियताबाट अमेरिकाका झण्डै एक हजार परिवारले लाईफ ईन्सुरेन्सबाट सुरक्षित भएको डब्लुएफजीका नरेश केसीले नेप्लिज डायस्पोरालाई बताए।“उहां मेरो पहिलो एसएमडी हो। हरेक दिन विहान जुममा हाम्रो बिजनेस मिटिगं हुन्थ्यो। हिजो विहान पनि कुरा भएको थियो। राती बडो दुखद खबर थाहा पाएं। जुन अकल्पनीय थियो” नरेशले भने।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?