Monday May 29, 2023

बुद्धलाइ नमन

२२ बैशाख, २०८० शीतलपाटीन्युज डटकम। 1103


बुद्धलाइ नमन

बासुदेव सापकोटा (धादिङे)

 

शान्तिका प्रतिपालक 

शान्तिका प्रति मुर्ति तिमि 

नेपालको गौरब हौ 

शान्तिका देबदुत तिमि 

कल्याणकारि हौ 

दरबारको शुख त्यागि 

दु:ख र कष्ट सहेर 

बन वासमा गयौ 

दु:ख के हो भोग्यौ

शुख के हो देख्यौ

बिश्लेषण गरेउ 

राज्य मोह भएन तिमिलाइ 

जन कल्याणको खोजि गरेउ 

बिश्वमा शान्तिको मन्त्र छर्दै 

शान्ति र सद्भावको बिउ रोपेउ

नेपालको लुम्बिनिमा जन्मेर 

बोधगयामा ज्ञान पायौ 

सिद्धार्थ गौतम बाट 

गौतम बुद्ध बनेउ 

राजकुमार पद छाडि 

भगवान पद पायौ 

शान्तिमा नै सर्बश्व र 

मानव कल्याण देखेउ 

अहिंसाको बाटो देखायौ 

रिश राग कपट र द्वैश 

जिवनका शत्रु नै मानेउ 

बिश्व जगतमा शान्तिको 

सदैब ध्वनि जगायौ 

हामि भाग्यमानि नेपली 

महान ब्यक्तित्व 

बुद्ध भगावान पाउने 

मन्त्र जपम् सबैले 

शान्तिको कामना गर्ने 

बुद्धम् शरणम् गच्छामि 

धम्मम् शरणम् गच्छामि

शान्तिका अग्रदुत तिमि

बिश्वमा अटल अमर छन

तिम्रा शिद्धान्त बिचारहरू

सर्बदा जिबित छन भावहरु

नमन गर्छु तिमिलाइ प्रभु

दुइ हात जोडिकन आज

मन मुटुमा छौ सॅधै बिराज 

श्रद्धा भाव अर्पण मनै देखि

चढाऐं दुइ शब्द कबितामा लेखि

 

२२ बैशाख २०८०



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?