Monday May 29, 2023

किरात राइ यायोक्खा बेलायतले किरात राईहरुको महान चाड उभौली साकेला मनायो

२५ बैशाख, २०८० शीतलपाटीन्युज डटकम। 1368


किरात राइ यायोक्खा बेलायतले किरात राईहरुको महान चाड उभौली साकेला मनायो

शीतलपाटीन्युज डटकम।

लण्डन। किरात राइ यायोक्खा बेलायत सङ्घिय सचिवालयले एक भब्य कार्यक्रम आयोजना गरि किरात राईहरुको महान चाड उभौली साकेला मनाएको छ। शनिवार आफ्नै जग्गा किरात हाउस ग्याम्बल लेन गिल्डफोर्डमा नाकछोङ किताबसेर राई र टोकाया जगत राईद्वारा सिमे भुमे मातृ पुजा आरधना गरि मन्चबाट सिलिमोमा सिलिमोपा लगायत झ्याम्टा ढोल बजाउदै साकेला नृत्य प्रदर्सन गर्दै साकेला थान प्रस्थान गरि उभौली पुजा बिधिवत रुपमा समापन भएको हो।

कार्यक्रमको दोस्रो चरणमा सम्पुर्ण उपस्थित अथितीहरुलाई आसनग्रहण गराउदै संस्थाका उप महासचिव प्रमिला लाबुङ राईले उभौली साकेलाको महत्वबारे प्रस्ट्याएका थिए।कार्यक्रमको अवधिमा केहि आपतकालिन आइ परेमा सुरक्षासम्बन्धी अपनाउनु पर्ने सेफ्टी ब्रीफ उपाध्यक्ष मेजर रिटायर्ड दिलकुमार राइले जानकारी गराएका थिए।

 

सिनियर पुर्खा रत्न बहादुर राई प्रमुख अथिती गिल्डफोर्ड बोरो अफ काउन्सिलका मेयर Masuk Miah बिसेश अथिती गैर आवाशिय नेपाली सङ्घ युकेका अध्यक्ष प्रेम गाहा मगर र अध्यक्ष चन्द्र बहादुर राईले सङ्युक्त रुपमा पानसमा दिप प्रजलन गरि औपचारिक कार्यक्रम उढ्घाटन गरेका थिए। कार्यक्रमका सम्योजक उपाध्यक्ष क्याप्टेन रिटायर्ड सुमन चन्द्र राईले उपस्थित सम्पुर्ण अथितीहरुलाई स्वागत मन्तब्य राखेका थिए। स्वागत मन्तव्यका क्रममा बेलायतका राजा चाल्स तृतियले राजगधि ग्रहण गरेको सुभ दिनको सुभ उपलक्षमा थ्री चेस हिप हिप हुरे पनि गराएका थिए।

 

आफ्नै किरात भुमी नेपाललाई स्मरण गर्दै नेपालको राष्ट्रिय गित र बृटिश एन्थम बजाएर कार्यक्रममा उपस्थित दर्सक अथिती हरुलाई आस्चर्य चकित बनाएका थिए। बिसेस अथिती मगरले मन्तव्यको क्रममा नेपालको राजनिती समसामयिक बिसयमा बोलेका थिए। प्रमुख अथिती मियाले साकेला कार्यक्रम सफल भएको र अगामी दिनहरुमा पनि सफल्ताको सुभ कामना दिदै धन्यबात ज्ञापन प्रकट गरेका थिए । अध्यक्ष राईले प्रमुख अथिती,अन्य अथितीहरुलाई सम्बोधन गर्दै उभौली साकेला पर्वको महत्व जानकारी गराएर साकेला कार्यक्रममा उपस्थित सम्पुर्ण मान्यजन हरुलाई हार्दिक धन्यवाद दिदै औपचारिक कार्यक्रम समापन गरेका थिए।

 

चन्द्र बहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्य अथितिहरु काउन्सिलर नेम थापा, काउन्सिलर जिब बेल्बासे, तमु पे ल्हु सङ्घ युकेका अध्यक्ष अमर गुरुङ, नेपाल जनजाती पत्रकार महासंघ युकेकी अध्यक्ष गोमा राना किरात याक्थुङ चुम्लुङ युकेका महासचिव जुरेन्द्र खजुम,मगर सङ्घ युकेका उपाध्यक्ष रुद्र थापा,धरान समाज युकेका अध्यक्ष रमेश लिम्बु,फोल्कस्टन नेपाली समाजका पुर्व अध्यक्ष चन्द्र गुरुङ र एभरेष्ट टाइम्सका प्रबन्धक निर्देशक नगेन्द्र नेम्बाङको उपस्थिति रहेको थियो औपचारिक कार्यक्रम सचिव गंगाराज राई र उप महासचिव प्रमिला लाबुङ राईले सन्चालन गरेका थिए भने अथितिहरुलाइ होस्ट गर्नका लागी उपाध्यक्ष अनिता राई उपाध्यक्ष निलम राई र सदस्य दिलिप राई खटेका थिए।

 

औपचारिक कार्यक्रम समापनपछि बहुभाषिक किरात राई जातिको भाषिक संस्था अथवा समुदायहरु; साम्पाङ राई,चाम्लिङ राई, बान्तवा राई आदिले भाषागत थरगत सिली प्रदर्शन गर्नुभएको थियो भने र किराया बेलायतको स्ठानिय समन्वय परिषद ग्रेटर रस्मोरको तर्फबाट पनि साकेला सिली प्रदर्शनी गरिएको थियो। साकेला उत्सब आयोजनामा उपस्थित सबैले साकेला नाचेर भरपुर मनोरन्जन लिएका थिए। आयोजक संस्था किरात राई यायोक्खा बेलायत संघीय परिषद सचिवालयले यस बर्षको साकेलालाई, नेपालको प्रदेश एकको नामांकरणको बिरोधमा उठेको पहिचानको आन्दोलनलाई समर्थन गर्दै 'नो कोशी' थिममा आयोजना गरेको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?