Monday May 29, 2023

कभेन्ट्री युकेमा नेपाली नयाबर्ष २०८० भब्य

२८ बैशाख, २०८० शीतलपाटीन्युज डटकम। 1200


कभेन्ट्री युकेमा नेपाली नयाबर्ष २०८० भब्य

शीतलपाटीन्युज डटकम।

लण्डन।बेलायतको मध्य भागमा पर्ने  कभेन्ट्री एउटा सानो शहर भयपनी सन २०१५ देखी नेपालीको बसोबास हुन सुरु भएको पाईन्छ। २०१९ पछी ह्वात्तै बडेको नेपाली पोर्तुगिसहरुको आगबनले एउटा ठाउँ  Wyken लाई केन्द्र बिन्दु बनाएर २५० जना जती परिवारको नेपाली गाउ  बनेको छ।भर्खर सम्पन ३ वटा कार्यक्रम हेर्दा लोभ लाग्दो यो  गाउमा सामाजिक एकता राम्रो देखिएको छ। 

कभेन्ट्रि नेपाली समाजले आयोजना गरेको नयाँ बर्षको कार्यक्रम ३ जना नेपालबाट आएका कलाकारले छम छमि नचाएका थिए। केहिदिन पछी. कभेन्ट्रि नेपाली समाजले आयोजना गरेको बुध्द जयन्ती र्‍याली पनि सफलताका साथ सम्पन्न भाएको थियो। त्यस्को २ दिन पछी 7th मईमा नौमती बाजा समुहले आयोजन गरेको बुध्द जएन्ती बिशेस पुजा आजा र सांस्कृतिक साझको भब्य रुपमा सम्पन्न गर्‍यो। 

बुद्ध फाउन्डेसनका अध्यक्ष तथा गैर आवासिय नेपाली संघ युकेका उपाध्यक्ष दीपाक श्रेष्ठको प्रमुख अथित्यमा सम्पन्न यो बिशेस कार्यक्रममा बबिता बानिया जेरी,रमिला न्यौपाने,सायिमा श्रेष्ठ जस्ता ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती र नौमती बाजामा कलाकार सँगको दोहोरीले त्यो साझ सचिकै रोमन्चक बनेको थियो। चितवन समाजका अध्यक्ष सालीक राम सापकोटा र सृजनशील नेपाली समाजका अध्यक्ष नारायण फुयालको बिशेस सम्बोधन रहेको यो साझ फरमल कार्यक्रम समाजसेवी युवा रमेश कंडेल र सास्कृतिक कार्यक्रम  समाजसेवी ब्यक्तित्व प्रकाश आचार्यले चलाउनु भएको थियो।

यो कार्यक्रममा थुप्रै अतिथीहरुले ब्याबस्थापनको र खानाको निकै प्रसंसा गरेका थिए।स्थानिय कलाकारहरुको दमदार प्रस्तुतीले कार्यक्रमको रौनक बढाएको थियो। जिबन बिज्ञान युकेकि प्रशिक्षक  अन्जना गुरुङले ४० मिनेटको योगा तथा Motivational क्लासले दर्सकलाई साह्रै आनन्ददायक तुल्याएको थियो। आयोजकले यो 7th मईको कार्यक्रम सफल पार्न कुनै पनि रुपमा सहयोग पुराउने दाताहरुलाई हार्दिक धन्यबादका साथै आभार ब्यक्त गरेको छ। लण्डन नेपालन्युज डटकमबाट दिन भरी लाईभ प्रसारण यो  कार्यक्रमलाई संसार भरी बाट हेरिएको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?