३० बैशाख, २०८०
शीतलपाटीन्युज डटकम।
लन्डन। मगर संघ यूकेको आयोजनामा हुने नेपाली ओपन कन्सर्टका लागि नेपाली कलाकार बेलायत आइपुगेका छन् ।
शनिबार १३ मे २०२३ को दिन बेलायतको फार्नबोरोस्थित फार्नबोरो फुटबल कलबमा संचालन हुने कन्सर्टका लागि कलाकारहरु प्रमोद खरेल, ज्योति मगर र छेवाङ लामा बिहीबार बेलायत आइपुगेका हुन्।
कलाकारहरुलाई विमानस्थलमा मगर संघ यूकेका अध्यक्ष सीता पुनमगर लगायतले खादा लगाएर स्वागत गरीयो।नेपाली दुताबासका महामहिम राजदुत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथी रहने सो कन्सर्टमा कार्यक्रममा ३ सयभन्दा बढी अतिथि र ५ हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा आयोजकको छ ।