३१ बैशाख, २०८०
शीतलपाटीन्युज डटकम।
१३ मई २०२३ शनिबारको दिन अल्डरशर्टको कनट स्कुलमा 2/81 इन्टेक नम्बरीले ४२ औ वर्षगाठ विभिन्न कार्यक्रममा साथ नेपाल देखि आउनु भएका चर्चित गायक रमेश राज भट्टराई, सम्झना भन्डारी र करिस्मा ढकालको बेजोड नृत्यका साथ भव्यताका साथ मनाए। कार्यक्रमको शुभारम्भ सस्थाका अध्यक्ष नगेन्द्र श्रेष्ठबाट दिप प्रज्वलन भएको थियो। त्यस पछि राष्ट्रिय गान र अहिले सम्म गुमाएका नम्बरीहरुको चिर शान्तिको कामना गर्दै मौन धारण गरिएको थियो।
नम्बरी भेलामा नम्बरीहरुको छोराछोरीले उच्च शिक्षा हासिल गरेका,छोराछोरी बिबाह बन्धनमा बाधिएका र नाति नातीना भएकाहरुलाइ खादा र सर्टिफिकेटले बधाई दिइएको थियो। वहाँहरुको खुशीयालीमा नम्बरीसङ्ग खुशी बाँड्दै सस्थाको लागि स्पोन्सर पनि गरेका थिए। कार्यक्रममा गोमा राना (४८७० सुनिल रानाको श्रीमती )ले नम्बरीको बारेमा कविता सुनाइ नम्बरीहरुलाइ भावुक बनाएकी थिइन्। पहिलो चरणको अन्त्यमा उपस्थित तथा कारण बस उपस्थित हुन असमर्थ र प्रत्येक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने नम्बरीसबैलाई धन्यवाद दिदै बर्षको यो एउटा सुनौलो अवसर जमघट हो कि नम्बरीले बिगतको दिन सम्झिदै एकापसमा भला कुसारी गर्ने दिन भन्दै आफ्नो मन्तव्य राखेका थिए। कार्यक्रम सचिब ईन्द्र गुरुङ्ले अाकर्षित ढंगले सन्चालन गरेका थिए।
दोस्रो चरणमा भने मनोरञ्जनात्मक कार्यक्रम तम्बोला, राफल द्र र नेपालबाट पाल्नु भएका कलाकारहरू भट्टराई र भन्डारीले भरिपुर्ण मनोरञ्जन गराइ सबैलाई नचाउन सफल भएका थिए। लोक दोहोरी प्रतिस्ठान युके शाखाका निबर्तमान अध्यक्ष टंक सेरचनको मुक्तक प्रस्तुतिले थप मनोरञ्जन भएको थियो भने करिस्मा ढकालको नृत्यले सबैलाई नाच्न थप उर्जा मिलेर नम्बर्नी उमा गुरुङले एकल नृत्य समेत प्रदर्शन गरेकी थिइन।
राफल द्र् मा पहिलो पुरस्कार द प्यालेस रेस्टुरेन्टले स्पोन्सर गरेको ४९५० देबि गुरुङले आधा तोला सुन हात पार्न सफल भएका थिए भने दोस्रो पुरस्कार को प्रायोजन ४८६९ कृष्णराजले गरेकोमा चुनक गुरुङ्ले पाए , तेस्रो २०० पाउन्डको भाउचर 4907 तिर्थराज गुरुङ्ले स्पोन्सर गरेको खुम कुमार आलेले जिते भने चौथो पुरस्कार सस्थाबाट दिइएको शारदा कुवरले हात पारेकी थिइन।
यस पटक धेरै समयको अन्तरालमा धेरै नम्बरीहरुको उत्साह्जनक उपस्थितिले आगामी बर्षमा पनि यस्तै उपस्थितिको अपेक्षा गरिएको थियो।नम्बरी एसोसियन मध्य 2/81 ले पहिलो पटक युके बाहिर जमघट गर्ने योजना राखेकोमा चालिसौ वर्षगाठ कोभिडको कारणले हङकङमा मनाउन नसकेको दुखेसो, भविस्यमा अन्य कुनै ठाँउमा मनाउने रहर भएकोले बैठक पछि आगामी दिनमा जानकारी दिने महासचिव बताउँछन।
कार्यक्रम अत्यन्तै रमाइलो भएकोले ढकालले यो तेस्रो पटक युके आउँदाको सब भन्दा उत्कृष्ट भएको र सस्थाले माया सम्मान गरेकोमा कृतज्ञता ब्यक्त गरेका थिए। अन्त्यमा प्रायोजक सबै र कलाकारहरु सबैलाइ सस्थाको तर्फबाट धन्यवाद र खादाले सम्मान गरिएको थियो।