२ जेष्ठ, २०८०
'शीतलपाटीन्युज डटकम।
लन्डन। सहारा यूकेले गर्दै आएको फेमीली क्याम्पिड्ग धेरै बर्ष पुन सहारा यूके फ्यामिली क्याम्पिङ २०२३ नाम राख्दै कार्यक्रम सम्पन्न भएको छ।१२ मे शुक्रबारदेखि १४ मई २०२३ आइतबारसम्म वेल्समा आयोजना गरिएको थियो।
पहिलो चरणमा अध्यक्ष ले.रि कुसाङ गुरुङको अध्यक्षतामा, प्रशासनिक ब्यवस्थापनमा उपाध्यक्ष कृष्ण गुरुड्ग,प्राविधिक विषयमा महासचिव मनोज गुरुङबाट भयको सो क्याम्पिड्गमा खानपिन र सामान व्यवस्थापन सेरा गुरुङ,ज्याक गुरुङ,खर्च हिसाबकिताब कोषाध्यक्ष कुमार थापाले गर्नु भयको थियो।
क्याम्पिङमा संस्थापक अध्यक्ष नवीन गुरुङ/श्रीमती, पूर्व अध्यक्ष दिलीप गुरुङ एमबीई/श्रीमती,निबर्तमान अध्यक्ष कुमार गुरुङ/श्रीमती,पुर्व अध्यक्ष मिन गुरुङ/श्रीमती,सहारा एफसी चेयरमेन शारदा गुरुङ/श्रीमती,सीईओ क्या.पिताम्बर गुरुङ/श्रीमती, सपन इन्टरटेन्टमेन्टका डाइरेक्टर सपनकुमार राई/श्रीमती मञ्जु गुरुङ,तमुधिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ,निवर्तमान अध्यक्ष हित काजी गुरुङ,बगर भाईखलक युके अध्यक्ष दिलरास गुरुङ,वर्तमान उपाध्यक्ष कमल गुरुङ र अन्य सदस्यहरुमा अमृत गुरुङ,गम गुरुङलगायतको उपस्थिती थियो। पहिलो दिन १ देखि ३ बजेभित्र कम्बाइन किचन,टेन्ट टाङ्ने काम गरिएको थियो ।
फ्रस्ट लेडी पञ्चा गुरुङ,मिना गुरुङ र मञ्जु गुरुङले मिठो अचारलगायत खाना व्यवस्थापन गर्नु भयको थियो।पहिलो दिन बेलुकी ५ बजेभित्र सबै क्याम्पिङमा सहभागीहरु आइ सक्नु भयको थियो । ६ बजेदेखि खानपिनलगायत मुख्य कार्यहरु सुरु भएको थिसो। जुन राति २ बजेसम्म रमाइला कार्यक्रमले क्याम्पिड्ग उल्लासमय भयको थियो।
दोस्रो दिन ब्रेकफास्टपछि योगा क्लासमा सहभागी गराइएको थियो। जसको नेतृत्व सहारा एफसीका अध्यक्ष शारदा गुरुङले गरेका थिए। मध्याह्न १२ बजेतिर त्यहाँबाट १०/१५ मिनेटको दुरीमा रहेको नेपाली भिलेज यूकेमा भ्रमणमा गरीयको थियो। भ्रमणका लागि नेपाली भिलेज यूके परियोजनाका प्रमुख मेजर खुसीमान गुरुङ एमभिओले निमन्त्रणा गरेका थिए। करिब ४५ मिनेटसम्म नेपाली भिलेज परियोजना प्रमुख गुरुङले परियोजनाको क्षेत्र अवलोकन गराएका थिए। १ घण्टा जतिको हाइकिङपछि रमणीय तलाउ बाँधमा पुगेको थियो टोली क्याम्पमा फर्किएपछि २ बजे फुटबल भएको थियो। १५/१५ मिनेटको फुटबलमा बराबरीमा टुंगिएपछि गम गुरुङको रेफ्रीमा पुन: थप ५ मिनेट खेलेपछि टुंगिएको थियो। त्यसपछि विजेतालाई संस्थापक अध्यक्ष गुरुड्ग र अध्यक्ष गुरुड्गको हातबाट विभिन्न आकर्षक पुरस्कार वितरण गरिएको थियो। सो क्याम्पिड्गमा महिला भलिबल भएको थियो । त्यसका विजेता र अन्य खेलाडीलाई अध्यक्ष, उपाध्यक्ष लगायतले पुरस्कार हस्तान्तरण गर्नु भयको थियो। बेलुका बारबिक्यू समेतको डिनर व्यवस्था गरीएको सो कार्यक्रम राति १ बजेसम्म सपन कुमार राईले मनोरञ्जनमा रमाएको थियो। भोलिपल्ट आईतबार ११ बजेभित्र त्यहाँको टेन्टलगायत सामाग्री बुझाएर १२ बजे नजिककै ब्रेकन टाउनस्थित मेजर खुसीमान गुरुङको घरमा क्याम्पिङ टोलीलाई लन्चको व्यवस्था भएको महासचिव मनोज गुरुङ जानकारी गराउनु भयको छ।
सहारा युकेले बेलायतका विभिन्न पर्यटकीय क्षेत्रमा हरेक साल क्याम्पिङ गर्दै आएको छ। कोरोना महामारीका कारण केही वर्ष अवरुद्ध भएको क्याम्पिङ यस वर्षबाट निरन्तरता पाउने र यस बर्षको सहारा युके फेमीली क्याम्पिड्ग भब्य भयको सहारा युकेका अध्यक्ष रि ले कुसाड्ग गुरुड्गले बताउनु भयको छ।