Monday May 29, 2023

नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी मार्फत बिकास र परिबर्तन चाहानेहरुको १७ सदस्यीय लण्डनमा रास्वपा बिभाग गठन

२ जेष्ठ, २०८० शीतलपाटीन्युज डटकम। 1315


नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी मार्फत बिकास र परिबर्तन चाहानेहरुको १७ सदस्यीय लण्डनमा रास्वपा बिभाग गठन

शीतलपाटीन्युज डटकम।

लण्डन। आजकल कुनै पनि सभा गोष्ठी लगायत अन्य कार्यक्रमहरुमा अतिथिहरुको स्वागतका निमित्त खादा,माला,अबिरको प्रयोग गर्ने ब्याकप प्रचलनलाई कम गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी समर्थित प्रवास नेपाली सम्पर्क विभागले बेलायतको लण्डनमा आयोजना गरेको कार्यक्रम फरक दृश्यमा देखा परेको छ। बेलायतमा रहेका रास्वपा समर्थित नेपालीहरुको भब्य उपस्थितिमा आयोजना गरिएको प्रवास नेपाली सम्पर्क बिभागको औपचारिक घोषणा कार्यक्रममा न कोही प्रमुख अतिथिनै थिए न अतिथिको लावा लस्कर नै। ब्याच,खादा माला लगायत कार्यक्रमको  फ्लेक्स ब्यानर समेत नराखिएको सो कार्यक्रममा अतिथिहरुको लागि मन्च र बिशेष कुर्सिको पनि ब्यवस्था नगरिएको उद्घोषक गरिरहेका सह महामन्त्री यज्ञराज कार्कीले कार्यक्रमा सहभागीहरु सबैजना प्रमुख अतिथि भएकोले सबैलाई यथास्थानमा आशन ग्रहण गर्न आग्रह गरेका थिए।“तपाईंहरु जो जो जुन कुर्सिमा बसिरहनु भएको छ ती सबै कुर्सिहरु हाम्रा लागि बिशिष्ट छन् र तपाईंहरु सबै हाम्रा लागि महत्वपूर्ण अतिथी हुनुहुन्छ।त्यसैले यथास्थानमै आशन ग्रहण गरिदिनु होला।”उनले यसो भनी रहँदा कार्यक्रम स्थलमा रहेका सबैको तालि गडगडाहट सुनिएको थियो। उदघोषक कार्कीले “हामीसंग तपाईंहरुको कोटमा उनिदिने ब्याच छैन, न त गलामा लगाईदिने खादा र माला नै छ।त्यसैले हाम्रो मिठो शब्दहरु मार्फत नै तपाईंइहरुलाई स्वागत र सम्मान ब्यक्त गर्न चाहन्छौं” भनेका थिए।

रास्वपा समर्थित नेपालीहरुको भब्य सहभागीतामा गठित प्रवास नेपाली सम्पर्क बिभागको औपचारिक रुपमा घोषणा गरी सभापति पवन शर्मा, उपसभापति कोलेश्वर ढकाल,महामन्त्री पिपला पाण्डे देवान, सह महामन्त्री यज्ञराज कार्की,कोषाध्यक्ष बाबुराम न्यौपाने,सह कोषाध्यक्ष सुश्री मनमाया गुरुड्ग,सदस्यहरु श्रीमती प्रमीला लाबुड्ग राई,श्रीमती निलीमा खड्का,ज्ञान प्रसाद गुरुड्ग,डा राजु सापकोटा,सौरभ ओझा,शिब भण्डारी,मनोज न्यौपाने,टौ बहादुर गुरुड्ग,मीलन सुनार,पंकज अर्याल,शिव कडेल समेत १७ सदस्यीय कार्य समितिले सपथ ग्रहण गर्ने उद्देश्य बमोजिम आयोजित सो कार्यक्रमको अर्को रोचक पक्ष भने सपथ ग्रहणकै दृश्य थियो। पुर्व निर्धारित योजना बमोजिम पार्टी सभापति रबी लामिछानेले जुम मार्फत कार्यक्रमलाई सम्बोधन गरी सपथ ग्रहण गराउने भन्ने थियो तर प्राविधिक गडबढिको कारणले गर्दा सभापतिलाई जुम मार्फत जोड्न सकिएन। संसदिय दलको बैंठकमा ब्यस्त सभापती रबी लामिछाने लगायत उपसभापती डिपी अर्याल र सांसद स्वर्णिम वाग्लेले बैठककै बिचमा भर्चुअल रुपमा जोडीन खोजे पनि Zoom मा प्राविधिक समस्या आयका कारण जोड्न सकिएन।यो समस्याका बाबजुद सभापति लानिछानेले मोबाईल म्यासेज मार्फत नव गठित युकेको टोलीलाई बधाई दिएका थिए। कार्यक्रमा सहभागी मध्ये सबै भन्दा जेष्ठ नागरिक बुद्धि राना मार्फत कार्यसमितीले पद तथा गोपनियताको सपथ लिने तत्कालिन निधो गर्‍यो। सोही अनुरुप सबैले सपथ ग्रहण गराईयो। यसरी कार्यक्रमकै सहभागी जेष्ठ नागरिक मार्फत सपथ ग्रहण चलिरहँदा सभाहलमा तालिको आवाज बेजोडका साथ गुन्जिएको थियो। कार्यक्रमामा सहभागी एक सदस्य अर्को सदस्यसंग भन्दै थिए “वाह ! कार्यक्रम होस् त् यस्तो।”


सो क्रममा पुर्व गोर्खा लेफ्टिनेण्ट चन्द्र गुरुङ्गले आयोजक टिमले फरक तरिकाले कार्यक्रम संचालनको थालनी गरेकोमा धन्यवाद दिंदै नव गठित बिभागको टोलीलाइ आफुले सकेको सहयोग र सहकार्य गर्ने प्रतिवद्दता जाहेर गरेका थिए। त्यस्तै साहित्यकार तथा लेखक नारायण गाउँलेले खादा,माला र भाषण मुक्त कार्यक्रम भनिएता पनि अझै त्यस्को केही अवसेषहरु बाँकीनै रहेकोले त्यस्ता त्रृटिहरुलाई सँच्याउनु पर्ने तर्फ ध्यान दिन आग्रह गरेका थिए। 

कार्यक्रममा शुभकामना तथा सल्लाह सुझावदिन २ मिनेट छुट्टाईएको सो कार्यक्रम “मेरो छोटो मन्तब्य यही टुङ्ग्याउँछु” भन्ने प्रचलन त्यहाँ देखिएको थियो।“हामी भाषणको नाममा माईक समात्ने बित्तिकै बिषय बस्तुभन्दा बाहिर गएर निबन्ध फलाक्छौं,यो त वक्ताहरु आफैंले मनन गर्नु पर्ने हो” कार्यक्रममा सहभागी गैर्‍ह आवासिय नेपाली संघ आईसिसीका प्रवक्ता सोम सापकोटाले आफुसंगै बसिरहेका अर्का सहभागीसंग राय पोखिरहेको देखिन्य्थ्यो।  

 

“हाम्रो हरेक कार्यक्रम मितब्ययी बनाउनु पर्छ भन्दै नवगठित प्रवास नेपाली सम्पर्क बिभागका सभापति पवन शर्माले “ हामीले खादा,माला,ब्याच र बिशेष कुर्सी समेतको अनावश्यक साज सज्जालाई महत्व दिएनौं। हामीले आफ्नो कार्यक्रमको ब्यानर समेत डिजिटल बनायौं। यस्ले गर्दा पैसा,श्रम र समयको पनि बचत भएको छ।” उहाले बताउनु भयो।बिभागका सदस्य राजु सापकोटाले आफ्नो संस्थागत कार्य योजना बारे प्रष्ट पार्दै भने “हामी राजनीतिलाई सेवामुखी बनाउनु पर्छ भन्ने मन्यता बोकेका टिम हौ,त्यसैले हाम्रो यो टिम कुनै एउटा पार्टिको बिधी र बिधान अन्तर्गत संचालन हुने भएता पनि हामी सामाजिक कार्यलाई बढी फोकस गर्छौ। उनले थपे “ हाम्रो बिभागले सदस्यता शुल्क मार्फत उठेको रकमबाट नेपालका विकट गाउँहरुमा बिकासको अभियान र योजनाहरु संचालन गर्ने निती लिएको छौ।”

 राजनैतीक  दलसंग सम्वद्द संस्थाले आफ्ना नेताहरुको चाकडी र गुणगानकै गतिबिधीमा आफुलाई केन्द्रित गर्नु पर्छ भन्ने मानसिकताबाट टाढा रहनु पर्ने बताउँदै बिभागका उपसभापती कोश्लेस्वर ढकालले  “हामी अन्य राजनैतीक संगठन भन्दा पृथक भएर आफु सम्बद्द रास्वपाका नेतृत्वकर्ताहरुलाई खबरदारी गर्ने र जनताको पक्षमा काम गर्न प्रेरित गर्ने पहरेदारको रुपमा प्रस्तुत हुनेछौं।” भनेका छन।

कार्यसमिती-



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?