Monday May 29, 2023

नेपाली भिलेज युकेको पहिलो बार्षिकउत्सब मनाउन भब्य तयारी

३ जेष्ठ, २०८० शीतलपाटीन्युज डटकम। 1250


नेपाली भिलेज युकेको पहिलो बार्षिकउत्सब मनाउन भब्य तयारी

शीतलपाटीन्युज डटतम।

लण्डन।यात्रा निरन्तर छ,यात्राको गति अझै बडेको छ,यात्रामा आवश्यक सहयात्रीहरु, सहयोगीहरु थपिने क्रम जारी छ,हो नेपाली भिलेज युके परियोजनाले योजना अनुसार नै आँफ्नो उद्देश्य प्राप्तिको गन्तव्यतिर लम्कीरहेको छ। चरणबद्ध सम्पन्न गर्ने तय गरिएका कामहरु समय अगावै हुने क्रममा छन। 

यसै क्रममा नेपाली भिलेज युकेले यसको विधिवत स्थापना गरेको ठिक एक वर्ष पुरा गरेको उपलक्ष्यमा पहिलो वार्षिकोत्सव भव्यताका साथ मनाउने तयारी गर्दै छ,साथसाथै वार्षिकोत्सवको अघिल्लो दिनमा नेपाली भिलेज युकेका सम्पूर्ण शेयरधनीहरुका साथ पहिलो बार्षिक साधारण सभाको आयोजना गर्दैछ। 

नेपाली भिलेज युकेले यही आउने शनिवार २० तारीख़ मे २०२३ दिनको एक बजेबाट अपरान्ह तीन बजेका लागी  Llangrinidr Community hall Brecon NP8 1LS मा आयोजना गर्न लागेको बार्षिक साधारण सभामा आँफ्ना स्थानीय तथा विभिन्न अन्य देशमा बस्नुहुने शेयरधनीहरुका लागी समय, अवस्था र परिस्थितिलाई मध्यनजर गर्दै जो शेयरधनी साधारण सभाहलमा नै उपस्थित हुन सक्नुहुन्छ वहाँहरुलाई सोही अनुसार व्यवस्था गरिएको छ भने जो उपस्थित हुन सक्नु हुदैन वहाँहरुले भर्चुअली जुममा जोडिन सक्नु हुनेछ। जो शेयरधनीहरु जुमबाट जोडिन चहानु हुन्छ वहाँकोहरुले  Zoom ID:- 2078002021 Passcode: nvuk मार्फ़त जोडिन सक्नु हुनेछ। जुममा जोड्न को लागि तपाई नाम वा सेयरधनी नम्बर प्रयोग गर्नु होला।

    

साधारण सभाको भोलीपल्ट आईतवार बिहान ११.०० बजे बाट सुरु हुन गईरहेको प्रथम वार्षिकोत्सव नेपाली भिलेज युकेले आँफ्नै परियोजना स्थल Nepali Village UK,Talybont-on-Usk, Brecon LD3 7YS मा आयोजना गर्ने भएको छ। स्थानीय सांसद अनि ब्रेकन टाउनका मेयरको प्रमुख आतिथ्यता लगायत स्थानीयहरु अनि नेपाली विभिन्न समुदायका महानुभावहरुलाई आमन्त्रण गरिएको कार्यक्रममा शेयरधनीहरुको उल्लेख्य उपस्थित रहने छ । नेपाली भिलेज युके बेलायतमा रहेका नेपालीहरु जो यो परियोजनाका बारेमा जान्न र बुझ्न उत्सुक हुनुहुन्छ सबैलाई हार्दिक निमन्त्रणा गर्न चाहान्छ । यदी तपाईहरु पनि यो वार्षिकोत्सव कार्यक्रममा उपस्थित भएर यसबारेमा जानकारी लिने अनि आँफुपनि शेयर किन्ने मनसाय बनाउनु भएको छ भने कृपया आउनुहोला जसको लागी The MD and all directors NVUK email: [email protected] Mobile: 07506 481155 मा सम्पर्क गरेर जानकारी गराउनु होला ।वार्षिकोत्सव कार्यक्रम अत्यन्त चुस्त दुरुस्त हुने, नेपाली नृत्य लगायत मनोरंजन सहितको हुनेछ । सबै उपस्थित महानुभावहरुलाई समुहगत पुरै जग्गाको अवलोकन गराउने, आँफ्नै जग्गामा दिनको खाना पकाएर पाहुनाहरुलाई खुवाउने तयारी गरिएको कुरा नेपाली भिलेज युकेका प्रमुख मेजर ख़ुशीमान गुरुङ्ग ( एमभीओ) ले बताउनु भएको छ। 

नेपाली भिलेज युकेले परियोजनालाई आवश्यक लगभग २४ एकड़ जग्गा ख़रीद प्रक्रिया सम्पन्न गरेर योजना अनुसार पहिलो चरण अन्तर्गत पारिवारिक छुट्टी मनाउने घर, क्याम्पसाईट, वृक्षारोपण, नेपाली चौताराहरु, ढुङ्गेधारो अनि अन्य आवश्यक कार्यहरुका निमित्त स्थानीय काउंसिलको योजना (प्लानिंग) विभागमा योजना सहित स्विकृतिको निम्ती निवेदन दिएको छ।

यो जग्गा ब्रेकन विकन न्यासनल पार्कको क्षेत्राधिकारमा पर्ने हुनाले पनि परियोजनाले अनुरोध गरेको प्लानिंग निवेदनमा अतिरिक्त अध्ययन गर्नुपर्ने कुराहरु बुझिएको छ। यसका लागी स्थानीय सांसद मेयर लगायत काउंसिल लिडरहरुले गर्न पर्ने आवश्यक सहयोग र सहकार्य भईरहेको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?