३ जेष्ठ, २०८०
शीतलपाटीन्युज डटकम।
लण्डन। लामों समयको प्रयास पछी शिव मन्दिर अल्डरसटमा मन्दिरको दैनिक नित्य पूजा अर्चनाका लागि स्थाई रुपमा पुजारीको नियुक्ति गरिएको छ। नेपालबाट आउनु भएका पण्डित पवन प्रसाद दहाल (शास्त्री) ज्युलाई यही १५ तारीख़ सोमवार २०२३ बाट बिहान आठ बजें देखी साँझ आठ बजेसम्म पुरै दिन भक्तजनको सेवा उपलब्ध हुने गरी नियुक्त गरिएको हो।
शिव मन्दिर अल्डरसटका कार्यबाहक अध्यक्ष एवम संस्थाका उपाध्यक्ष बिक्रम भट्टराईको अध्यक्षतामा आयोजित छोटों परिचयात्मक कार्यक्रम हिजो १६ तारीख़ मंगलवार साँझ मन्दिर स्थापनार्थ सुरुवातबाट अहोरात्र खटिनु भएका,शिव मन्दिर अल्डरसटका संरक्षक,ट्रस्टी,रसमुर बोरों काउंसिलका काउन्सीलर जीव बेलवासेबाट नवनियुक्त पुजारी पवन प्रसाद दहालज्युलाई शिवनामी लगाई दिनुभई स्वागत गर्नुभएको थियो। उक्त अवसरमा काउन्सीलर बेलबासेले पण्डित पवन प्रसाद दहाललाई मन्दिरको छोटों ईतिहास बताउदै,पुजारी नहुँदा मन्दिर र स्थानीय सनातनी आस्थामा विस्वास गर्नेहरुले भोगेका अप्ठ्याराहरुका संझना गर्नुभयो।
साथ साथै काउन्सलरले पुजारी र मन्दिर व्यवस्थापन समिति बीचमा अत्यन्त पारदर्शी,बेलायतको नियम अनुसारका सुविधाको व्यवस्था र भक्तजनहरुसंग मन्दिरको आस्थामा आवश्यक ध्यान पुर्याउन सुझाब दिनुभयो। सोही अवसरमा बितेको लगभग पाँच वर्ष देखी दैनिक स्वयंसेवकको रुपमा सेवा गर्नुभएका ८७ वर्षीय भिम बहादुर लामीछाने गुरुङ्ग ज्युलाई वहाँको योगदानको लागी सम्पुर्ण मन्दिर परिवार र समुदायको तर्फबाट धन्यवाद भन्दै शिवनामी लगाई दिनुभएको थियो। त्यसपछी शिव मन्दिर अल्डरसट तथा साई सेंटर फारनबोरोको तर्फबाट मन्दिरकी ट्रस्टी,साईं सेन्टरकी संयोजक समाजसेवी सुषमा गुरुङ्गले फूलको गुच्छा दिएर स्वागत गर्नुभएको थियो। मन्दिर कार्यसमितिका महासचिव हरी भट्टराईले संचालन गर्नुभएको कार्यक्रममा कामु अध्यक्ष बिक्रम भट्टराईले सबैलाई उपस्थितिको लागी धन्यवाद भन्दै पुजारी पवन दहाललाई पुरै मन्दिर कार्यसमिति अनि व्यक्तिगत हिसाबले पनि स्वागत गर्नुभएको थियो। हामी सबैको सपना हाम्रो आँफ्नै मन्दिर स्थापना गर्ने योजना साकार हुने क्रममा छ तथापि यसलाई चुस्त र दुरुस्त संचालन गर्न सबैको साथ र सहयोग आवश्यक रहने हुनाले कृपया सबैको साथ र सहयोगको निरन्तरता होस् भन्ने अनुरोध गर्नुभएको छ।
शिव मन्दिर अल्डरसटका संरक्षक रोहित गुरुङ्ग ट्रस्टी तथा स्थानीय व्यवसायी शंकर श्रेष्ठ, एनआरएनए युकेका निवर्तमान प्रमुख संरक्षक शेर बहादुर सुनार,मन्दिरका ट्रस्टी तथा बीसीसीयुकेका (बुद्ध गुम्वा अल्डरसट) अध्यक्ष हर्क गुरुङ्ग,ट्रस्टी एबी गुरुङ्ग,संरक्षक डा कुमार,ट्रस्टी अरविन्द शहानीका दम्पती,अनुप वर्मा,मन्दिरका कोषाध्यक्ष निरज तिवारी,कार्यसमिति सदस्य एवम व्यवसायी किशोर गुरुङ्ग,ट्रस्टी हरी कुमार श्रेष्ठ,ट्रस्टी रामचन्द्र (सुर्जे) गुरुङ्ग,राजन मल्लका परिवार,पबित्रा भट्टराई लगायतको उपस्थिति रहेको परिचय आदान-प्रदान कार्यक्रममा पुजारी पवन प्रसाद दहालले आँफुलाई मन्दिरमा ईश्वर र ईश्वरका भक्तजनहरुको सेवा गर्ने मौक़ा पाएकोमा कृतज्ञ भएको भन्नुभयो। अनुशासन, नैतिकता र ईमानदारीतामा कँही कतै सम्झौता नगर्ने प्रण गर्नु हुदै आँफुबाट मन्दिरलाई आवश्यक हुनसक्ने हरेक सेवामा तत्पर रहने बताउनु भयो।
शिव मन्दिर अल्डरसट प्रात ८.०० (आठ) बजे देखि साझ २०.०० (आठ) बजे सम्म खुल्ला रहने छ। अब देखी शिव मन्दिर अल्डरसटमा उपलब्ध सेवाहरु प्रात आरती प्रत्यक दिन बिहान ठिक ०९.०० ( नौ) बजे अनि साँझ ठिक १९.०० (सात) बजे हुनेछ ।
बिवाह,ब्रतवन्ध,चुडा,छेवर शुभ अन्नप्राशन, जन्मोत्सव पूजा,वैवाहिक बर्षगाठ,सवारी साधनको पूजा , गृहप्रवेश,रुद्री,स्वस्तिशान्ती,गुन्युचोली,तिथि श्राद्द,पितृदोष निवारन,वास्तुपूजा,शिलान्याश एवम ज्योतिषीय परामर्शअन्तर्गत चिना टिपन लेख्ने ग्रहदशा हेर्ने कार्य,बैबहिक जीवन,शुभ,लाभ,हानी,शुभ रङ्ग,शुभअंक,ग्रहदोष समाधान लगायतका सेवा उपलब्ध हुनेछ। यसका लागी शिव मन्दिर अल्डरसटको ल्याण्डलाईन नम्वर- 01252 404304 वा पवन प्रसाद दहाल (पुजारी जी) :- 07467600661 को नम्वरमा सम्पर्क गर्न सक्नु हुनेछ।
यदी जो कोही भक्तजनहरुले आँफ्नो घरमा कुनैपनि वैदिक अनुष्ठान (पुजा) गर्न,पितृकार्य लगायत कुनैपनि शुभकार्य गराउन पण्डितलाई बुकिंग गर्न चहानुहुन्छ भने कृपया मन्दिरमा सम्पर्क गर्नुभई मन्दिर व्यवस्थापनले तोकेको दस्तुर मन्दिरको खातामा जम्मा गरेर पुजारीबाट वैदिक कार्य सम्वन्धित सेवाहरु लिन सक्नुहुनेछ।