Monday May 29, 2023

नेपाली दूताबास लण्डनको घुम्ती सेवाबाट स्कटल्यांडबासी नेपाली लाभान्वित

१० जेष्ठ, २०८० शीतलपाटीन्युज डटकम। 1133


नेपाली दूताबास लण्डनको घुम्ती सेवाबाट स्कटल्यांडबासी नेपाली लाभान्वित

शीतलपाटीन्युज डटकम।

स्कटलैण्ड। गैर आवासीय नेपाली संघ स्कटल्यांड राज्य समन्वय परिषदको बिशेष पहलमा नेपाली दुतावास बेलायतद्वारा घुम्ती टोली मार्फत स्कटल्यांडको ग्लासगो र एबर्डिनमा पुनः सेवा प्रवाह गरेको छ भने सोमबार बिहान एडीनबराको हिमालयन सेण्टरबाट सेवा दिइएको छ।

नेपाली दुतावास लण्डनद्वारा नेपाली पासपोर्ट,भिसा, एनआरएनए कार्ड,वारेसनामा लगायत अन्य कामहरुको लागि पनि स्कटल्यांडको विभिन्न स्थानमा घूम्ती सेबा संचालन भएको हो। यस कार्यमा नेपालीहरुलाई सेवा प्रदान गर्न एबर्डिनमा नेप्लीज़ हिमालयन एसोसीएसनले एनआरएनए र नेपाली दूतावाससंग समन्वय गरेको थियो। नेपाली दूतावासका अधिकारीहरु मार्फत ऐबर्डीनमा बसोबास गर्दै आएका दर्जन भन्दा धेरै सेवाग्राहीहरुले प्रत्यक्ष लाभ लिएका थिए। जसमध्ये १० जनाले राहदानी नवीकरण गरे,२ जनाले NRNA कार्ड बनाए, २  जनाले भिसा र १ जनाले वारिसनामाको लागी आवेदन गरेर सेबा लिएका थिए।

यसअघि स्कटल्यांडको ग्लास्गोमा नेपाली दूतावास लण्डनको घुम्ती टोलीमार्फत  ४० जना नेपालीहरु सो सेवाबाट लाभांवित भएका छन। जसमध्ये ३५ जनाले राहदानी र ५ जनाले एनआरएनए कार्डका लागी आवेदन दिएका थिए।

कार्यक्रमलाई सफल बनाउनको लागी एनआरएनए स्कटल्यांड राज्य समन्वय परिषदका अध्यक्ष काशीराम भण्डारी,सचिव मनीष खत्री,कोषाध्यक्ष शर्मिला ढकाल,सहकोषाध्यक्ष जे पी सापकोटा, सह-सचिव सुमी ओझा भण्डारी,सदस्य घनश्याम भण्डारी,सल्लाहकार डा.शिव तिवारी लगायतका व्यक्तिहरु सक्रियरूपमा लागी पर्नु भएको थियो। यसैग़री एबर्डिनमा संचालन गरिएको घुम्ती सेवामा नेप्लीज़ हिमालयन एसोसिएसनका अध्यक्ष नबीन क्षेत्री,सचिव डा.मुकुल दाहाल,कोषाध्यक्ष लब सिम्खडा लगायतले व्यवस्थापन र सहजीकरण गर्नु भएको थियो।

अन्त्यमा गैरआबासीय नेपाली संघ स्कटल्यांड राज्य समन्वय परिषदक़ा अध्यक्ष भण्डारीले नेपाली दूतावासबाट स्कटलैण्डमा बसोबास गरेका नेपालीहरूलाई सेवा र सहयोग गर्न पाउँदा सारै खुसी लागेको भन्दै आगामी दिनमा पनि यसरी नै नेपाली समुदायको लागी दूतावासको सेवाको निरन्तरताको लागी सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?