Monday May 29, 2023

२१औं गोर्खाकपको तयारी पूरा, नेपालबाट पहिलो पटक खेलिने

१० जेष्ठ, २०८० शीतलपाटीन्युज डटकम। 1094


२१औं गोर्खाकपको तयारी पूरा, नेपालबाट पहिलो पटक खेलिने

शीतलपाटीन्युज डटकम।

मिचेट,लण्डन। यस बर्ष मे २८ तारिखमा हुने २१औं गोर्खा कपको तयारी पूरा भएको कुरा आयोजक तमुधिँ युकेले जनाएको छ। तमुधिं यूकेका अध्यक्ष हरि गुरुङको अध्यक्षतामा तमुधि भवन (द तमु नेप्लिज कम्यूनिटी सेन्टर) मिचिट युकेमा आइतबार आयोजिन पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको हो। गोर्खा कपको तयारी पूरा भएको र केही नयाँपन थपिने भन्दै सबै जनालाई क्युइन्स ऐभ्न्यू फुटबल ग्राउन्डमा उपस्थिति भै मनौरन्जन लिन अध्यक्ष हरि गुरुङले अपिल गरेका थिए।

पत्रकारहरु,तमुधिँका कार्यसमिति,सल्लाहकार र केही विशिष्ट व्यक्तिहरु उपस्थितमा कार्यक्रममा स्पोर्टस् सेक्रेटरी तथा २१औं गोर्खा कप संयोजक क्या. दिपक घलेले २८ मे मा हुने भव्य कार्यक्रमबारे विस्तृत रुपमा प्रस्तुती थिएका थि ए । 

गोर्खा कपको उद्देश्य,आकर्षण,जिम्मेवारी,कार्य समूहको नियुक्ति,कार्ययोजना,समय रेखा,पुरस्कार, प्रायोजक,साइट लेआउट,खर्च,घटना सुरक्षा योजना, विविध बिन्दुहरुका बारे पावरपोइन्टको माध्यमबाट क्या.घलेले छर्लङ्ग पारेको सो प्रेषमीटमा यस पटक फुटबलमा टोटल ४४ वटा टिमले भाग लिने भएको छ। मुख्य ३२ टिम,भेट्रेनबाट १० टिम र लेडिजका २ टिम दर्ता भयको जनाईएको छ। पहिलो पटक पोखरा नेपालबाट "पोखरा ११"का खेलाडीहरु पनि भाग लिने छन। वेल्स र नेदरल्यान्डबाट पनि भाग लिने भएको छ। फुटबलको प्राय:पुरस्कारहरु प्रायोजकहरुबाट प्रबन्ध गरिएको बताइएको।

पहिलो पुरस्कार नेपाल भिलेज टिमबाट २ हजार ५ सय पाउन्ड,दोस्रो श्री लक्की ज्वेलर्स अल्डरसटबाट १ हजार ५ सय पाउन्ड,भेट्रानको पहिलो पुरस्कार हेम्पसायर एकान्टेन्ट लिमिटेडबाट १ हजार २ सय पाउन्ड, दोस्रो मान ट्राभलबाट ८ सय पाउन्ड, लेडिज प्रथमलाई आइएमई नेपालबाट ५ सय पाउन्ड, लेडिज दोस्रोलाई ३ सय पाउन्ड किङ्ग्स गेट मोर्गेजेजबाट र घले मोगेजेजबाट १ हजार ६ सय पाउन्ड स्पोन्सर गरिने घलेले बताएका थिए। 

सांस्कृतिक नृत्य, शिल्पका स्टल,कपडा दोकान, खानाका लागि रेस्टुरेन्ट,व्यापारिक स्टलहरु,परोपकारी स्टलहरु,प्यारासुट डिस्प्ले हुने सो गोर्खा कप मेलामा ८३ वटा स्टल हुनेछ। जसमध्ये १४ वटा खानाको मात्रै स्टलहरु हुनेछन्। 

छेलो प्रतियोगिता पनि राखिएको सो मेलामा छेलोको प्रथम पुरस्कार ४ सय पाउन्ड सेवा मोर्गेजेजले उपलब्ध गर्ने जनाइएको छ। सांस्कृतिक नाचका लागि एभरेस्ट क्यास एन्ड क्यारीले ५ सय पाउन्ड प्रायोजन गर्ने जनायको छ भने पोटलु अभियानबाट १३० जना तमुधिं सदस्यहरुले ५० पाउन्डको दरमा सहयोग गर्ने कोषाध्यक्ष दुर्गा गुरुङले बताउनु भयको छ।। यो ईभेन्टस सफल बनाउन ४२ हजार पाउन्ड खर्च लाग्ने अनुमान गरिएको छ भने ५४ हजार आम्दानी हुने अनुमान पनिगरिएको छ।

यसपटक गोर्खा कपको भिभिआइपीहरुमा ग्रीस र डेनमार्कका राजकुमार फिलिपोस र राजकुमारी नीना सहभागि हुने जनाएको छ। महानायक राजेश हमाल, गायक धिरज राईको पनि उपस्थिति रहने एसके गुरुङले गोर्खा मिडियालाई बताए। पत्रकारहरुको जिज्ञासालाई संयोजक घले र अध्यक्ष गुरुङले पूरा गरेका थिए। कुमार गुरुङको संयोजकमा टिम ड्र गराएको थियो। कार्यक्रममा पत्रकार महासंघ युकेका अध्यक्ष ध्रुवराज अर्याल लगायत दर्जन बढी सञ्चारकर्मीहरुको सहभागिता थियो। 

महासचिव डा.विशाल गुरुङले संचालन गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तव्य दिएका थिए। मिडिया सेक्रेटरी सविन्द्रकुमार गुरुङले पत्रकारहरुको परिचय र प्रश्नोत्तर कार्यक्रम संचालन गरेका थिए। यसैबीच,कार्यक्रमको प्रारम्भमा तमुधिं यूकेका संरक्षक एवं एनआरएनएका पूर्वअध्यक्ष डा शेष घले र राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीलाई तमुधिंले स्वागत गरेको थियो। 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?