१० जेष्ठ, २०८०
शीतलपाटीन्युज डटकम।
लण्डन। जसो गर जे भन जतासुकै लैजाउ मलाई - यो मन त मेरो नेपाली हो... - शब्द र सङ्गीतः मपन भुसाल, स्वरः एड्रीयन प्रधान १९७४ एडी को यो राष्ट्रीय भावनाले ओतप्रोत गीतले मनै जुरुक्क नबनाएको कुनै नेपाली छ जस्तै लाग्दैन। यस्तै अनुभूति सहित नेपाली भिलेज युकेले २१ में आईतवारका दिनमा भव्यताका साथ पहिलो वार्षिकोत्सव मनाएको छ। बेलायतको वैल्स स्थित ब्रेकन नजिकै रहेको टलीवन्टअस्कको नेपाल भिलेज युकेको आँफ्नै परियोजना स्थलमा नेपाली राष्ट्रीय गान, बेलायती राष्ट्रीय गान साथमा वैल्सको राष्ट्रीय गानबाट सुरु गरिएको वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि ब्रेकनबाट संसदमा प्रतिनिधित्व गर्नुहुने सांसद फें जोनस् (Ms Fay Jones MP.), विषेश अतिथि जेम्स एभंस (एम एस वैल्स एसेंबली) साथमा नेपाली भिलेज युकेका प्रमुख निर्देशक मेजर ख़ुशीमान गुरुङ्ग (एमभीओ) ले संयुक्त रुपमा पानसमा दिपप्रज्वलन गरेर उद्घाटन गरिएको कार्यक्रममा परियोजनाका सबै डाइरेक्टरहरु वहाँहरुका परिवार,स्थानिय बासिन्दाहरु, छिमेकीहरु अनि बेलायतका संघ संस्थाका प्रतिनिधिहरु, शेयरधनीहरु र उनिहरुका परिवार लगायत धेरैको उपस्थिति थियो। डाइरेक्टर शेरा गुरुङ्गकी धर्मपत्नी सारा गुरुङ्गले आँफ्नै घरमा बनाउनु भएको नेपाली भिलेज युके अंकित केक काटेर सुरु गरिएको थियो। मौसमले एकदमै साथ दिएको घमाईलो वातावरणमा आयोजित वार्षिकोत्सव कार्यक्रम नेपाली भिलेज युकेकी डाईरेक्टर मधु गुरुङ्गले अत्यन्त चुस्त दुरुस्त संचालन गर्नुभएको थियो।
परियोजना प्रमुख मेजर ख़ुशीमान गुरुङ्ग (एमभीओ) ज्युले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्नुहुदै परियोजनाका आवधिक गतिविधिहरु विस्तारमा बताउनु भयो। धम्पुस ब्रेकन भगिनी संवन्धसमितीका अध्यक्ष, ब्रेकन टाउनका पूर्व मेयर संस्थापक शेयरहोल्डर डेविड मेडरीथले नेपाली भिलेज युके जस्तो ऐतिहासिक परियोजनामा आँफुलाई पनि सहभागी हुन पाएकोमा ख़ुशी हुदै परियोजनाका लागी आगामी दिनहरुमा आवश्यक पर्ने र नियमको परिधि भित्र रहेर गर्न सक्ने हरेक प्रकारका सहयोगहरु गर्ने वचन दिनुभयो । अत्यन्त व्यवस्थित अनि एकदमै छोटो मिठो कार्यक्रमकी प्रमुख अतिथि सांसद फें जोनस् ले नेपाली भिलेज युके जस्तो ठुलो र स्थानीयहरुलाई पनि संगसगै मिलाएर अगाडी बड्ने परियोजना आँफ्नो क्षेत्रमा सुरु हुनलागेको मा आँफु एकदमै उत्साहित भएको, संसारकै साहसिक गोर्खालीहरुको संलग्नता अझै सुन माथी सुगन्ध हो भन्नुभयो। परियोजनाले कल्पना गरेको भावी योजना सहितको प्लानिंगको एप्लिकेशनका बारेमा आँफ्नो तर्फबाट हुनसक्ने नियमसंगत सहयोगहरुमा संधै अग्रपंतीमा रहेको जनाउनु हुदै परियोजनाको सफलताका लागी शुभकामना गिनुभयो।
परियोजनाका ईभेन्ट डाइरेक्टर मान प्रसाद गुरुङ्गको नेतृत्वमा ठडाईएको नेपालको धरहराको स्वरूप, त्यसैको छेउमा अस्थायी रुपमा बनाएको ढुङ्गेधारा, चौतारी लगायत नेपाली परम्परागत दैनिक प्रयोग हुने सामग्रीहरुले सबै पाहुनाहरुलाई आकर्षण गरेको थियो भने त्यसको छेउमा बसेर फ़ोटो खिच्न लाईनमै बसेको देख्न सकिन्थ्यो । डाइरेक्टर शेरा गुरुङ्गको नेतृत्वमा डाइरेक्टर पबित्रा (गंगा) गुरुङ्ग, सचिव तथा डाइरेक्टर टिकाराम गुरुङ्ग, कानुनी सल्लाहकार बालकृष्ण गुरुङ्ग, डाइरेक्टर लोकेंद्र श्रेष्ठ,डाइरेक्टर डम्वर सुनुवार, डाइरेक्टर नन्द बयम्बु मगर लगायतले दिनको खाना कार्यक्रम स्थल मै पकाएर खाने व्यवस्था गरिएको कार्यक्रममा स्थानीयहरुले खुबै स्वाद मानेर नेपाली दालभात तरकारीको आनन्द लिएका थिए।
प्रमुख अतिथि लगायत अतिथिहरुलाई मुख्य प्रवेश द्वारबाट स्वागत गर्न व्यस्त परियोजना प्रमुख धर्मपत्नी मन्जु गुरुङ्ग, अनिता गुरुङ्ग, पारु श्रेष्ठ र पबित्रा भट्टराईलाई साथमा परियोजना डाइरेक्टर मेजर सोभियत हमाल (एमभीओ) अनि अपरेसन्स डाइरेक्टर क्याप्टेन सुर्य प्रकाश गुरुङ्ग, टेक्नीकल डाइरेक्टर तथा सीनियर ईन्जिनियर विजय गुरुङ्गले सहयोग गरिरहनु भएको थियो।
परियोजनाको आर्थिक हिसाब किताबको राखनधरणको जिम्मा लिनुभएको फाईनान्स डाइरेक्टर जशु मसेन्स गुरुङ्गलाई बाबु सोन मसेन्स अनि नताशा मसेन्सले सोही दिनमा शेयर किन्नु भएका शेयरधनीहरुलाई शेयर प्रमाणपत्र लगायतका कागजात दिनको लागी सहयोग गर्नुभएको थियो । यता नेपाली भिलेज युकेको परियोजना स्थल वरपरका छिमेकीहरुलाई अनावश्यक ट्राफिक तनाव नहोस् भनेर डाइरेक्टर नन्द बयम्बु मगरको नेतृत्वमा नताशा,प्रणय गुरुङ्ग अनि शुपाल श्रेष्ठ बाबुहरुले पाहुनाहरुका लागी नजिकैको कारपार्कबाट कार्यक्रम स्थल सम्म “सटलसेवा” को व्यवस्था पनि गरिएको थियो। ब्रिटिश गोर्खा आर्मीका भाईहरु बड़ों ग़ज़बको खुकुरी डान्स, अनि छोरी सिमरनको मन्त्रमुग्ध बनाउने नेपाली नाचले कार्यक्रमको छुट्टै रौनक़ बढाएको थियो।
नेपाल भिलेज युके विधिवत स्थापना भएको एक वर्ष पुरा गरेको ख़ुशीयाली मनाउनु ठिक एक दिन पहिले यसले आँफ्नो साधारण सभाको आयोजना गरेर आँफ्ना शेयरधनीहरुलाई प्रत्यक्ष साथमा भर्चुअल सुविधा सहित कम्पनीका आर्थिक गतिविधि लगायतका प्रगति विवरणहरु पेश गरेको थियो। अहिलेको अवस्थामा कुनैपनि आय आर्जन गर्ने स्थितिमा कम्पनि नपुगेको भएतापनि यसका ख़र्चहरुको जानकारी गराउदै, आर्थिक र सचिवको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो।
वार्षिकोत्सव कार्यक्रममा उपस्थित सम्पुर्ण शेयरधनीहरुलाई भिन्न भिन्न समुह बनाएर एक एक डाइरेक्टरहरुले परियोजना स्थलको स्थलगत निरिक्षण गराउनुका साथसाथै प्लानिंगले स्विकृति दिएको अवस्थामा भौगोलिक बनोटका हिसाबले कहाँ कहाँ के कस्ता संरचनाहरु बनाउन सकिन्छ भन्ने जानकारी गराईएको थियो। पुरै कार्यक्रमको व्यवस्थापन, परियोजना स्थल,वरपरका बनजंगल,काटेर मिलाएका जस्ता डाँडाकाडाहरु हेरेर अत्यन्त उत्साहित शेयरधनीहरु र पाहुनाहरुले आँफुले सानों रक़म भएपनि सही परियोजनामा लगानी गरेकोमा एकदमै खुशी भएको बताउनु भएको थियो। नेपाली भिलेज युकेले व्यवसायिक रुपमा सेवा संचालन गरेको अवस्थामा आँफु र साथीभाईहरुलाई लिएर आउने कुरामा आजैबाट योजना बनाएका शेयरधनीहरु आयोजक डाइरेक्टरहरु प्रति अत्यन्त कृतज्ञ रहेको बताएका थिए।
नेपाली भिलेज युकेले परियोजनालाई तीव्रगतिमा अगाडी बढाउने क्रममा दोश्रो चरणको शेयर गएको नेपाली नयाँ वर्ष २०८० बैसाख एक गतेबाट खुलाएको छ। २२७ शेयरबाट बढ़ाएर ५०० पुर्याउने
तय गरिएको नेपाली भिलेज युकेको शेयर आउने अक्टूबर २०२३ को अन्तिमसम्म को लागी £५००० (पाँच हज़ार पौण्ड) नै राखिएको छ तर जब नेपाली भिलेज युकेको योजना अनुसारको प्लानिंग परमीसन स्विकृत हुन्छ त्यसपछी यसको शेयर आकाशिने निश्चित रहेको हुनाले ईच्छुक साथीभाईहरुले छिट्टै शेयर ख़रीद गर्नुहुन परियोजनाका प्रवक्ता बिक्रम भट्टराईले सबैलाई अपील गर्नुभयो। यदी तपाईहरु पनि नेपाली भिलेज युकेको दोश्रो चरणमा खोलिएको शेयर किन्न चहानु हुन्छ भने कृपया नेपाली भिलेज युकेका कुनैपनि बोर्ड अफ डायरेक्टरहरुलाई सम्पर्क गर्न सक्नु हुन्छ या www.nepalivillageuk.com मा सबै आवश्यक जानकारी लिन सक्नु हुनेछ।