Monday May 29, 2023

दम्भ बिचौलियाको

११ जेष्ठ, २०८० शीतलपाटीन्युज डटकम। 1056


दम्भ बिचौलियाको

 

बासुदेव सापकोटा (धादिंगे),

लण्डन।

सल्बलाए बिचौलिया जुका सरि बनेर 

रन्थनिए भि आइ पि हरु जेलमा परेर 

चॅाजो पॅाजो मिलाएथे हजुर ढुक्क बन्दै 

खप्परमा धारे हात आज हेर थुक्क भन्दै 

 

कमिसनको खेल तल देखि माथि पुग्ने 

बिचौलिया पुल बने जनता र नेता जोड्ने 

खेति फस्टाएछ दलालिमा भाग र बण्डा 

लुटि खान पल्केका गर्दै दुइ नम्बरि धन्दा 

 

रिझाउॅछन् हजुर हस् भन्दै हात जोडि अनि

तल सोझा फसाउने हाम्रो जिम्मा हो भनि 

चक्कर चलाउने बिचमा नाफा खान अनि 

सिधा साधा फसाउने काम बन्छ लौ भनि 

 

दम्भ देखाइहाल्ने मान्छे पावरमा छ भन्दै 

कति त बिचल्लिमा परे  पैसा गन्दा गन्दै 

बिग बिगि छ बिचौलियाको हम्रो देशमा 

नेताको कि कानुनको कमजोरि यसमा 

 

फाइदा लुट्ने रहेछन् मिलेर माथि सम्म 

पर्दाफास गरे बिचौलियाले भयो अचम्म 

नसोचेको कुरा बेहोर्नु पर्दा भए चसक्क 

मिलिभगत खाए फुट्नेगरी हॅासी मसक्क 

 

बनेर निकम्मा नॅागिदै छन् आज टाउकेहरु 

काण्डै काण्डका कति छन् महानयक अरु 

ल्याउ अब सामुन्ने ल्याउ नॅगाउ नाइकेहरु 

इमान्दार बन बिचौलिया देखाउ दम्भ बरु 

-७ जेठ २०८०



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?