Monday May 29, 2023

बंशजको नागरीकता निरन्तरताका अभियन्ता उपाध्यक्ष अरुण शाक्यलाई हार्दिक श्रध्दान्जली- अध्यछ पाठक

१२ जेष्ठ, २०८० शीतलपाटीन्युज डटकम। 1312


बंशजको नागरीकता निरन्तरताका अभियन्ता उपाध्यक्ष  अरुण शाक्यलाई हार्दिक श्रध्दान्जली- अध्यछ पाठक

शीतलपाटीन्युज डटकम।

लण्डन। नेपाल भित्र रोजगारीको अवसर नमिलेको अथवा राम्रो संभावनाका लागि अपरचुनिटी प्राप्त गरि बिदेशियका नेपालीहरुले राम्रो काम र अनुसासीत जीवन बिताएर अरु देशको PERMANENT RESIDENT, INDIFINENT LIVE to REMAIN,GREEN CARD,CITIZENSHIP पाए बापत आफ्नै बंशजको नेपाली नागरिकता त्याग्नु पर्ने हुनु हुदैन भनेर आवाज उठाउने बंशजको नागरिकता निरन्तरता महाअभियान २०१९ का उपाध्यक्ष अरुण शाक्य बिरामी भै निधन भयको दुखद अवसरमा बंशजको नेपाली नागरिकता निरन्तरता २०१९ महाअभियानका अध्यक्ष खगेन्द्र पाठकले हार्दिक समबेदना प्रकट गर्नु भयको छ।

बंशजको नागरिकता निरन्तरता महाअभियान २०१९ का उपाध्यछ एवम जनताको स्वतन्त्र आयोगको संस्थापक अध्यक्ष अरुण शाक्यज्यु बिरामी भै उपचारको क्रममा बेलायतमा जेठ ३ गते २०८०(सन १९६६ - १७ मई २०२३) असामहिक निधनको खबरले हामी सम्पुर्ण बंसज नेपाली नागरिकता निरन्तरता महाअभियान २०१९ का परिवार स्तब्ध भयका छौ। 

 

बंशजको नेपाली नागरिकता निरन्तरता महाअभियान २०१९ का शसक्त अभियन्ता स्व अरुण शाक्यज्युको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रध्दान्जली ब्यक्त गर्दछौ। साथै यस दुखद घडीमा शोक सन्तप्त परिवार प्रति धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने कामना गर्दछौ बंशजको नेपाली नागरिकता निरन्तरता महाअभियानका अध्यक्ष खगेन्द्र पाठकले हार्दिक श्रध्दान्जलीमा भन्नु भयको छ।

देशप्रेमी स्व शाक्यको काठमाण्डौ न्युरोडमा घर भयको, नेपालमा बाबा,आमा र भाई रहेको र लण्डनमा श्रीमती, छोरा एवम बहिनी वईलिड्गमा रहेको बुझिएको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?