१२ जेष्ठ, २०८०
शीतलपाटीन्युज डटकम।
लन्डन। आउँदो आइतबार २८ मई २०२३ मा तमुधिं यूकेले आयोजना हुने २१ औं गोर्खाकप भेट्रान फुटबल प्रतियोगितामा भाग लिन पोखरा-११का खेलाडी लन्डन आइपुगेका छन्।
कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जित, टिम कोअर्डिनेटर ईश्वर गुरुङसहित १३ खेलाडी पोखराबाट मंगलबार मध्यराति हिथ्रो विमानस्थलमा ओर्लिएका हुन्। पोखरा ११ टिममा बगर भाईखलकका सल्लाहकार अबतार गुरुङ,कार्यसमिति सदस्यद्वय ईस्वर (चन्द्र) गुरुङ,अमित (जोन) गुरुङ,खेलाडीहरु कुमार गुरुङ,राजु हमाल,राजेन्द्र तामाङ र संस्थाका शुभचिन्तकहरु,कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जित,उपाध्यक्ष नरेन्द्र जङ्ग (मुखिया) गुरुङ, जमान सिंह दुरा,अभिषेक पिया,बिजय गुरुङ, डिल्लि राम श्रेष्ठ,राज महर्जन,टेकबहादुर गुरुङ र सचिन श्रेष्ठ रहेका छन्।
टोलीलाई स्वागत गर्न बगर भाइखलक युकेका अध्यक्ष दिलरास गुरुङ,तमुधिं यूकेका उपाध्यक्ष कमल गुरुङ,सहारा यूकेका अध्यक्ष लेरि कुसाङ गुरुङ,उपाध्यक्ष कृष्ण गुरुड्ग, तमुधिं यूकेका निवर्तमान अध्यक्ष हित काजी गुरुङ,पूर्वअध्यक्ष रामचन्द्र सूर्य गुरुङ,सहारा यूकेका निवर्तमान अध्यक्ष कुमार गुरुङ लगायत हिथ्रो विमानस्थल पुगेका थिए। सो
२१ औं गोर्खाकप भेट्रान फुटबल प्रतियोगितामा भाग लिन पोखराबाट आएका खेलाडीहरु लन्डनको अल्डरसटमा बसेको थाहा भयको छ। शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मीले अल्डरसट युके बस्ने बगर भाईखलक युकेका अध्यक्ष डिलरास गुरुङसंग पोखरा११ खेलाडी बारे प्रश्न गर्दा खेलाडीहरु स्वस्थ्य र खुसी रहेको बताउदै सबै खेलाडीहरुको खाना र बसोबासको ब्यबस्था बगर भाईखलकको समुहरे गरीरहेको बताउनु भयको छ।