Thursday October 22, 2020

आजबाट पोखरामा मोबाइल एक्स्पो मेला शुरु , हेर्नुहोस कति प्रतिशतसम्म छुट ?

१७ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम 1253



शीतलपाटीन्युज डटकम, पोखरा ।

आजबाट महेन्द्रपुल स्थित पोखरा मोबाइल  टावरमा मोबाइल एक्स्पो (मेला) सुरु हुने भएको छ  । केही महिनादेखि अनौपचारिक सेवा दिइरहेको टावरलाई आजबाट  भने औपचारिक शुभारम्भ गर्दै  ‘मोबाइल एस्पो’ आयोजना गर्न लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  टावर संगै एस्पोको आज गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालले उद्घाटन गर्ने प्रालिका सचिव नारायण सुवेदीले बताए । एक्स्पोमा विभिन्न कम्पनीका मोबाइलमा ५० प्रतिशतसम्म छुट प्रदान गरिने बताइएको छ ।

उक्त मेला ११ दिन सम्म चल्ने छ । मेला भदौ २७ गतेसम्म सकिनेछ । एक्स्पोमा ल्यापटप तथा कम्प्युटरका शोरुम, इलेक्ट्रोनिक्स ग्याजेट, आइटीका नयाँ प्रविधि आदिबारे पनि जानकारी दिइनेछ । मेला अवधिभर टावरमा बिहान १० बजेदेखि साँझ ८ बजेसम्म चल्नेछ । एक्स्पोमा हरेक दिन लक्की ड्रका आधारमा ५ जनालाई आकर्षक उपहार र मेलाको अन्तिम दिन ३ जनालाई विशेष उपहार दिइने उपाध्यक्ष किरण ढकालले जानकारी दिए । ‘मेलाकै सहभागीमध्येबाट आउँदो तिहारमा १ जनालाई बम्पर उपहारसमेत प्रदान गरिनेछ,’ उनले भने । बम्पर उपहारमा एमाहाको स्कुटर रहेको प्रालिले जनाएको छ । मेला नभएका बेल टावर बिहान ८ बजेदेखि राति ९ बजेसम्म खुला हुन्छ । ग्राहकका लागि निःशुल्क र प्रशस्त पार्किङको सुविधा रहेको टावरमा वाइफाइ निःशुल्क छ । टावरभित्रै ग्राहकको सुविधाका लागि एटिएम राखिएको छ ।

टावरमा सम्पूर्ण ब्रान्डका मोबाइलको बिक्री तथा सेवा उपलब्ध हुने भएकाले मोबाइल किन्न, बनाउन, जानकारी लिने उपयुक्त गन्तव्य पोखरा मोवाइल टावर बन्ने प्रालिका सचिव सुवेदीले जानकारी दिए । एउटै भवनबाट मोबाइल सम्बन्धी सम्पूर्ण सेवा उलब्ध गराउने लक्ष्यसहित पोखरा टावर प्रालि  पोखराका ८ युवा व्यवसायीको लगानीमा टावर सञ्चालनमा आएको हो । पोखरा टावर गण्डकी प्रदेशकै सबैभन्दा ठूलो मोबाइल मार्केट भएको दावी प्रालिको छ ।टावरमा ८० वटा भन्दा बढी मोबाइलका होलसेट र रिटेल पसल छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?