Monday February 10, 2025

प्लेन तपाईले नै टिकट काटी उड्नु हुन्छ भनेर मात्र बनेको होइन- काग्रेस नेता आर के त्रिपाठी

२९ असार, २०८० शीतलपाटीन्युज डटकम। 1835


प्लेन तपाईले नै टिकट काटी उड्नु हुन्छ भनेर मात्र बनेको होइन- काग्रेस नेता आर के त्रिपाठी

प्लेन तपाईले नै टिकट काटी उड्नु हुन्छ भनेर मात्र बनेको होइन- काग्रेस नेता आर के त्रिपाठी

आज दु:खी छु।तै पनि लेख्दैछु ।

एक जना नेपाली कांग्रेस नेता संग केहि दिन अघि उप निर्वाचन परिणाम समिक्षा गर्न,नेपाली कांग्रेस लाई सुदृढ पारि २०८४ को आवधिक निर्वाचनमा नेपाली कांग्रेस लाई बहुमत बनाई कसरि नेपालको संवृद्धि ल्याउन सकिन्छ ? नेपाललाई  कसरि भरपूर विकाश गर्न सकिन्छ ? रोजगारी गर्न खाडी राष्ट्रमा जानको लागी हरेक दिन पासपोर्ट बनाउन लाईन बस्ने हाम्रा नेपाली युवाहरुलाई कसरि नेपालमा नै रोजगारि सिर्जना गरि नेपाल विकाशका यि युवा श्रम सिप प्रयोग गर्न सकिन्छ?भन्दै  टेलिफोनमा कुरा भयो।

नेपाली कांग्रेसको साख बढाउन मैले विगतमा लेखेको,बोलेको,अन्तरवार्ता पठाएको छु सुनी दिन बुझिदिन पऱ्यो भने।

मेरो नेताको उत्तर मलाई यस्तो थियो :

आर के त्रिपाठी जी अब लेख्न,बोल्न छोड्नुस/ किनकी कोहि सुन्ने,बुझ्ने,सुध्रने वाला छैन।तपाईंको यि लेखहरुले काम गर्दैन।किन यति धेरै समय यि लेख रचनामा खेर फाल्नु हुन्छ?

बेलायतमा हुनु हुन्छ ।मेहेनेत गरि पैसा कमाउनोस।२ -४ करोड जम्मा गर्नोस।सुपर पावर नेतालाई दिनोस।नेपाल आएको भोलि पल्ट विदेशी नागरिकता त्याग गर्नोस।पर्सि पल्ट नेपाली नागरिकता लिनोस।राजदुत सिफारिस भई नियुक्ति लिनोस।त्यसको पछि आवाधिक निर्वाचनको बेला समानुपातिक सांसद बन्नोस भन्नु भयो नेता जी ले।

मलाई यो कुराले छोयो।मन पोल्यो भत्भती । यि कार्य मेरो लाई स्वीकार्य कदापी हुन सक्दैन/ म अनैतिक हुन सक्दिन।मैले मेरो नेतालाई गाली त गरिन तर नेताजी को सल्लाहको तारिफ पनि गरिन।

मैले के मात्र भने भने यसरि कांग्रेस संगठन चल्दैन।कांग्रेस हुनु भनेको आमुल जिवन, पद्धती,व्यवहार समाजवादी बनाउनु हो। तपाईंको सल्लाह अनुसार जो हिड्दछन्,गर्दछन् ति कदापी कांग्रेस हुन सक्दैनन्।

यो त नेपालमा कम्युनिष्ठ भन्ने  हरुले गर्ने शैली हो जस्तो लाग्छ मलाई आजकाल।कम्युनिष्ठ हरुले लिने यो शैलि अनुसार म नेपाली कांग्रेस पार्टीले लिने सैद्धान्तिक र बैचारिक स्खलन म सोच्न गर्न सक्दिन।म त यो जीवन नै समाजवादी क्रान्ती र पद्धती निर्माण गर्न कांग्रेस भएको आर के त्रिपाठी हो।

मैले मलाई नलेख्नुस,नवोल्नुस भनि सल्लाह दिने नेतालाई भने कि यस्तो सल्लाह दिने  तपाई कांग्रेस हुने सक्नु हुन्न।तपाईले यस्तै हो भने नेपाली कांग्रेस पार्टी सदस्यता त्यागेको राम्रो।

ब्रिटिश Library मा दश लाख किताब छन्।तपाईले त्यो Library को किताब लेख,नपढे पनि Library भित्र किताब हुनु पर्दछ।लेख किताब लेख्नेले गर्दा नै Library भरिन्छ।

तपाईले पढ्नु  हुन्छ भनेर किताब,लेख, रचना,कविता,साहित्य लेखकले लेख्दैन।यो त भावना हो।नदि जस्तो बगि रहन्छ।तपाईंले नसुने पनि,नपढे पनि केहि फरक पर्दैन।

Plane बन्नु पर्दछ। तपाईले मैले plane नकिने पनि,टिकट नकिने पनि आकाशमा plane उडि रहे छन्।तपाईं चढ्नु हुन्छ भनेर मात्र plane बनेको होईन।

तपाईले किन्न र चढ्न को लागी मात्र कार कम्पनीले कार Motor उत्पादन गरेको होइन। तपाईले नकिने पनि रोडमा कार गुडि रहेका छन्।

कसैले पढे पनि,नपढे पनि;सुने पनि,नसुने पनि मेरो लेख,अन्तरवार्ता रोकिने वाला छैन।यि लेख रचनाले कहि न कहिं समाज,देश व्यक्ति लाई राम्रै गरि रहेको हुन्छ पारदर्शिता र जवाफदेहिताको लागी,कानुनी शाषन वा कानुनी राज्य निर्माणको लागी,सबल प्रजातन्त्र र मानब अधिकार सुदृढ गर्नको लागी,सराबरी र बराबरी अवसर नागरिकमा निर्माण गर्नको लागी,जन शशक्तिकरण र जन सहभागीता जुटाउनको लागी,बौद्धिक ज्ञान सिप राज्य निर्माणमा प्रयोग गर्नको लागी,संविधानले दिएको ग्यारेण्टी सबैमा पूर्ण गराउनको लागी मेरो कलम चलि रहनेछ।

नेपाली कांग्रेस पार्टीले निर्वाचन जित्नु भनेको पार्टी आवाधिक निर्वाचनमा बहुमत ल्याउनु मात्र होइन।बहुमत ल्याए पछि शाषनमा जाँदा राम्रो संवृद्धि,रुपान्तरण दिन बौद्धिक सोच र ज्ञान चाहिन्छ।

परम्परागत सोचले केहि हुने वाला छैन।मलाई नेताको नजिक छु भनि घमण्ड गर्नु पनि छैन।म कांग्रेस पार्टी छोडेर अन्यत्र पार्टीमा जान पनि सक्दिन।बस लेखि रहने हो।बोली रहने हो।

नेपाली कांग्रेस पार्टीको साख बढाउन राम्रो कुराको प्रशांसा र नराम्रो कुराको ध्यानकर्षण गराई रहने हो।यसलाई कसैले मलाई रोक्न सक्दैन।मलाई लोभ भए मात्र मलाई डर हुन्छ।

म निती प्रधान भन्ने कुरामा विश्वास राख्ने मान्छे आर के त्रिपाठी हो।मेरो अगाडी व्यक्ति प्रधान र हावी हुन सक्दैन।यि लेखि रहँदा नेपाली कांग्रेसले पद दिदैन भन्ने डर भए पो डर,भय त्रासले  लेख्न छाड्छन् तर मलाई त माग्नु नै छैन।

सक्रियता,लगानी,इतिहाँस,बौद्धिकता,अनुभब आचरण हेरि नियुक्ती दिनु पर्दछ वा नियुक्ति लिनु पर्दछ भनि वकालत गर्ने म जस्तो कार्यकर्तालाई नेताले गरेको गलत परिपाटीको  विरोध गर्दा नेताले सिध्याई दिन्छन् भन्ने डर कदापी हुन सक्दैन।

लेख्न बोल्न डर त तिनै लाई हुन्छ जो नेताले नियुक्ति गरिदिन्छन् कि भनि ढुकेर बसि रहेछन्। यि स्तरका कार्यकर्ताहरु दाष हुन्।परजिवी हुन्। 

नेपाली कांग्रेस पार्टीले यस्ता नियतका कार्यकर्ता बाट पार्टीलाई माथी लान सक्दैन । हामीले विबेक बोल्ने हो।नेताको अनुहार र इशारा हेरेर बोल्ने हरुको दिन करिब करिब समाप्त हुँदैछ।

मलाई Discourage गरे पनि अरु लेखक र विद्वानहरु लाई कृपया हतोत्साही नबनाई दिनु होला। शिक्षक,लेखक,पुस्तक,बौद्धिकता आमा सरह हुन्।

त्यहि शिक्षक,लेखक,विद्वानले नपढाएको भए तपाईंले क ख ग घ पनि लेख्न,पढ्न सक्नु हुने थिएन।त्यसैले बौद्धिक,लेख,रचना,खोजको सदैब कदर गरौं।नत्र हामीअझै स्खलित हुन्छौ। 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?