Tuesday December 10, 2024

रेडिंगमा २१० औँ भानु जयन्ति कार्यक्रम कबिता गोष्ठीका साथ भब्य रुपमा मनाईयो ।

३१ असार, २०८० शीतलपाटीन्युज डटकम। 1986


रेडिंगमा २१० औँ भानु जयन्ति कार्यक्रम कबिता गोष्ठीका साथ भब्य रुपमा मनाईयो ।

शीतलपाटीन्युज डटकम।

लण्डन। ग्रेटर रेडिंग नेपाली कम्युनिटी एसोसिएसन (GRNCA) द्वारा गत केहि बर्ष देखी नियमित रुपमा मनाईँदै आएको भानु जयन्ति कबिता प्रतियोगिता यस बर्ष पनि यहि जुलाई १५ तारिखको दिन स्वतन्त्र कबिता वाचनका साथ स्थानीय पार्क कम्युनिटी सेन्टरमा भब्य र सभ्य रुपमा संपन्न गरियो। रेडिंग नेपाली समाजले गत २०१५ साल देखी नियमित रुपमा मनाऊन शुरु गरेको यो कार्यक्रमलाई आफ्नो बार्षिक क्यालेन्डरमा राख्नुका साथै भानु जयन्तिलाई कबिता महोत्सवको रुपमा मनाऊँदै आएको हो।  

GRNCA ले २०१६ सालमा ग़ैर आबासिय नेपाली संगठन बेलायत (NRNA UK ) को भाषा साहित्य बिभागसंग सहकार्य गर्दै मनाएको थियो भने सन् २०१७ देखी साहित्य संगम युकेसंग सहकार्य गर्दै संयुक्त रुपमा मनाएको थियो। यस बर्ष पनी GRNCA र साहित्य संगम युकेले भानु जयन्ति संयुक्त रुपमा नै आयोजना गरेको थियो।

भानुभक्तको तस्बिरमा माल्यार्पण गरी शुरुवात गरिएको ऊक्त कार्यक्रमको सभापतित्व रेडिंग नेपाली समाजका अध्यक्ष भीमसेन खड्काले गर्नुभएको थियो भने प्रमुख अतिथि साहित्य चौतारी युकेका अध्यक्ष्य साहित्यकार बाशु शर्मा  हुनुहुन्थ्यो। कार्यक्रमको शुरुमा रेडिंग नेपाली समाज का महासचिव ओमकार अधिकारीले ऊपस्थीत सबैलाई स्वागत गर्नु भयको थियो। त्यस अवसरमा साहित्य संगम युकेका संस्थापक अध्यक्ष्य बिनोद अधिकारीले बेलायतमा भाषा साहित्य प्रतीको अभिरुचि र यस तर्फ बढ्दै गरेको मोह तथा रेडिंग नेपाली समाज र साहित्य संगम युकेको सहकार्यको बारेमा आफ्नो मन्तब्य ब्यक्त गर्दै नेपाली भाषा साहित्यमा आदिकबी भानुभक्त आचार्यको योगदानको बारेमा पनी प्रकाश पार्दै आफ्नो कबिता बाचन गर्नु भयको थियो। यसै गरी छोटो समयको लागी नेपालबाट आऊनुभएका साहित्य अनुरागी नित्यानन्द पाठकले पनी भानुको बारेमा आफ्नो धारणा राख्नुभयो।

कार्यक्रमको मध्य भागमा बिभिन्न १५ वटा कबिताहरु पनि बाचन गरिएका थिए। कार्यक्रममा स्वयं ऊपस्थीत भएर कबिता बाचन गर्ने सहभागि कबिहरुमा बिनोद अधिकारी,लक्ष्मि पौडेल,निर्मला न्यौपाने,प्रतिमा केसी, प्रेम गुरुंग,शुरेश थापा,दुर्गा ढकाल,नेहा ढकाल,कल्पना पण्डित,महेशहरी आचार्य, सुवास दाहाल,कुमार केसी, कृष्ण न्यौपाने र बाशु शर्मा हुनुहुन्थ्यो। यसैगरी कार्यक्रम संयोजक ओमकार अधिकारीले कबि यादब श्रेष्ठ र लक्ष्मी प्रसाद शर्माका कबिता पाठ गर्नुका साथै आफ्ना कबिताहरु पनि वाचन गर्नु भयको थियो।

कार्यक्रमको प्रमुख आकर्षण भने रेडिंग नेपाली समाजद्वारा संचालित नेपाली भाषा कक्षाका स-साना भाई बैनीहरुको प्रस्तुती रहेको थियो। नेपाली भाषा शिक्षक तथा कक्षा संयोजक त्रिलोचन गौतमद्वारा सहजीकरण गरिएको सो कार्यक्रममा बिध्यार्थीहरुले आँफुले बनाएका भानुभक्तका तस्बिरहरु देखाऊंदै रामायणका स्लोकहरु पनी लेख्ने र वाचन गर्ने पबित्र प्रयासको प्रदर्शन गरेका थिए।

कबिता वाचनमा भाग लिने सबै सहभागीहरुको लागी सहभागिताको प्रमाण पत्र र बालबालीकाहरुको लागी प्रोत्साहन स्वरूप ट्रफी पनी प्रदान गरिएको थियो। 

प्रमुख अतिथीको आसनबाट बोल्दै साहित्यकार बाशु शर्माले भाषा साहित्य प्रति बेलायतबासी नेपालीहरुको लगाब र योगदानको कदर गर्दै यस्ता किसिमका बिभिन्न कार्यक्रमहरुमा सहभागी हुन पाऊँदा आँफुलाई ज्यादै खुसी लागेको कुरा ब्यक्त गर्दै आफ्नो कबिता पनि वाचन गर्नु भएको थियो। 

अत्त्यमा कार्यक्रममा उपस्थित संपुर्ण साहित्यिक मनहरूलाई रेडिंग नेपाली समाज र साहित्य संगम युकेको तर्फबाट धन्यवाद ज्ञापन गर्दै रेडिंग नेपाली समाजका अध्यक्ष्य भीमसेन खड्काले यस्ता किसिमका कार्यक्रमहरुले नयां पिडिमा हौंसला थप्ने र नेपाली भाषा र साहित्यमा टेवा पुग्ने बिचार ब्यक्त गर्दै  कार्यक्रम समापन भएको घोषणा गर्नु भयको थियो। कार्यक्रममा समाजका पुर्ब अध्यक्ष्यहरु डा सीबी गुरुंग , महेश गुरुंग,अर्जुन बस्नेत,कृष्ण न्यौपाने लगायत सल्लाहकारहरु राम गलामी,त्रिलोचन गौतम,क्याप्टेन सिबी पुन,मदन ऊप्रेती लगायत ऊल्लेख्य साहित्य अनुरागी,बालबालीका,अभिबाबक तथा सर्बसाधारणहरुको ऊपस्थीती रहेको थियो। कार्यक्रमको संचालन कार्यक्रम संयोजक तथा रेडिंग नेपाली समाजका महा सचिव ओमकार अधिकारीले गर्नु भयको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?