Tuesday October 20, 2020

आज श्रीकृष्ण जन्माष्टमी, कृष्णबारे रोचक तत्व

१७ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम 1224



शीतलपाटीन्युज डटकम, काठमाडौँ ।

भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ आज देशभरी भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैका मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

यस अवसरमा देशभरीका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने गर्छन् ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतार एवम् वसुदेव र देवकीको आठौँ गर्भका रुपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उहाँका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ । यो ग्रन्थ धेरै भाषामा अनुवाद भइसकेको छ ।

कृष्ण चरित्र

श्रीकृष्ण उनको न्वारनको नाम हो भन्न मिल्दैन । किनकी, उनी रोहिणी नक्षत्रमा जन्मेका थिए । ओ, बा, बि, बु चार पाउको रोहिणी हुन्छ । कुनै लिखतमा रोहिणीको दोस्रो पाउ हो भनिएबाट बालकृष्ण उनको नाम हुन सक्छ । कालो रुपरङ्ग र अर्काको चित्त छिट्टै आकर्षण गर्न सक्ने विलक्षण प्रतिभा भएका हुनाले कृष्ण भनियो ।

पछि मानका लागि श्री थपेर श्रीकृष्ण भन्न थालियो । त्यसो त, उनका छरछिमेकले काले, कह्नैया, काना, चोर ।।।आदि नाम राखिदिएका थिए । कालो भएका हुनाले काले भने, जिस्किएर एउटो आँखो चिम्म गरी हिँड्ने हुनाले काना, कन्हैया भने र अर्काका घर पनि आफ्नै घरमाझैँ खानेकुरा भेटे नसोधिकै खाइदिने हुनाले चोर भने । नन्दनका छोरा हुनाले नन्दलाल भनियो । बाँसुरी, मुरली लिएर हिँड्ने हुनाले बंशीधर, मुरलीधर भनेर बोलाइयो । गाई पाल्ने हुनाले गोपाल भने । खासमा वसुदेवका छोरा हुनाले वासुदेव भने । जन्माउने आमा देवकी हुनाले दवकीनन्दन भनियो । उनका जीवनमा गरेका थुपै्र काम अनुसारका नाम पनि धेरै छन् ।

हाम्रो संस्कारमा चारवटा रात्रीलाई विशेष महत्व दिने गरेको पाइन्छ । मोहरात्री कृष्ण जन्माष्टमी रात्री, कालरात्री आश्विन शुक्ल अष्टमी दुर्गा पक्ष रात्री, सुखरात्री तिहारे औंसी रात्री र महारात्री शिवरात्री । मोहरात्री कृष्णको जन्मको कारणले भन्दा उनको जीवन रक्षाको कारणले महत्वपूर्ण मानिन्छ । झ्यालखानाको कडा सुरक्षालाई भुलाएर नवजात शिशुलाई सुरक्षित गर्ने काम नै यस रातको सर्वाधिक महत्वको काम हो ।

कृष्ण वसुदेव र देवकीका जन्मले सातौं र अन्य तर्क प्रमाणले आठौं गर्भका सन्तान हुन् । उनको जन्म झ्यालखानामा भएको थियो । उनका बा–आमालाई झ्यालखाना हाल्ने उनकै मामा कंश थिए । पुराणहरूमा ‘देवकीको आठौं गर्भबाट तैँले मर्नुपर्छ’ भन्ने आकाशवाणी भएकोले आफ्नो मृत्युभयबाट बच्न कंशले देवकीका सन्तान मारेको हो भनिएपनि समाजशास्त्रीहरू बुवा उग्रसेनले छोरीलाई अंश दिने भनेकोले बुवा, बहिनी, ज्वाइँलाई जेल हालेको हो भन्ने गर्छन् ।

कृष्णको जीवन कंशको क्रूर एवं बर्बर शासनकालमा शुरु भयो । उनी जन्मेपछि उनका पछि राज्य नै मृत्यु बनेर लाग्यो । अन्जानमा पुतनाको दुध खानेदेखि लिएर जान्ने बुझ्ने भएपछि कालीनाग दमन गर्नेसम्मका थुपै्र जोखिमबाट बाँच्दै गए । निश्छल माया गर्न सिपालु भएकोले साथीभाईका निकै प्रिय हुनाले अरुका घर पनि आफ्नै घरझैँ गरी खाना माग्थे, नदिए झिकेर खान्थे । यसैकारण साथीहरु उनलाई चोर भन्थे । तर अहिले चोरको परिभाषामा पर्ने संग्रही चोर उनी थिएनन् ।

खानालाई जोड गर्ने हुनाले उनी कुपोषित भएनन् । हृष्टपुष्ट भए । सबैसँग सम्पर्कमा जान चाहने हुनाले धक दकस उनीदेखि भाग्दै गयो, धीरता उनको आत्मीय साथी बन्यो । कस्तै अफ्ठ्यारो अवस्थामा पनि धैर्य बन्ने गुणले गर्दा नै उनी जीवनमा सफल हुँदै गए ।

कृष्णको शिक्षाको शुरुवात सान्दिपनि ऋषिको गुरुकूल आश्रमबाट भयो । उनी यति तेज थिए कि दिनको एक कक्षा पास गरिदिन्थे । उसबेला कक्षालाई कला भनिन्थ्यो र चौसठ्ठी दिनमै उनले आफ्नो औपचारिक अध्ययन पूरा गरेका थिए । अन्य विशिष्ट अध्ययनका लागि छब्बीस दिन लगाएर जम्मा नब्बे दिनमा सबै अध्ययन सम्पन्न गरेका उनी अद्वितीय तेज विद्यार्थी मानिन्छन् ।

भौमासुर राजाले संसारभरिबाट सोह्र हजार सुन्दरी कन्याहरूलाई बन्दी बनाइराखेको थियो । भौमासुरलाई परास्त गरी ती कन्याहरूलाई जेलमुक्त स्वतन्त्र जीवनयापनको व्यवस्था गरेका हुनाले तिनले कृष्णलाई हाम्रा मालिक, रक्षक भन्ने गरेकोले कृष्णका सोह्र हजार रानी भन्ने गरिएको हो ।

सच्चा पे्रमलाई निकै महत्व दिने कृष्णले शिशुपाल आफ्नै सानीमाको छोरो भाइसँग रुक्मिणीको विवाह हुने भनी वाक्दान भएको थियो । तर उनीसँग आफ्नो पहिल्यैदेखिको पे्रमलाई मर्न नदिई रुक्मिणीलाई भगाएका थिए । त्यस्तै, आफ्नी बहिनी सुभद्राको र अर्जुनको झ्याङ्गिएको पे्रमको वास्ता नगरी दुर्योधनसँग विवाह गरिदिने चर्चा चल्दा बहिनीलाई भगाउन अर्जुनलाई सघाएका थिए ।

संघर्षले व्यक्तिलाई तिखार्छ, दार्शनिक बनाउँछ । संघर्षको अभिन्न साथी धीरता हो । धैर्यवान व्यक्ति सधैं सफलतातिर लम्किरहन्छ । गीता दर्शन कृष्णको पे्ररणा स्रोत हो, जसलाई व्यासले लिपिबद्ध गरे ।

चकचके बालक विलक्षण बुद्धिको हुन्छ भन्ने ज्ञान पनि उनको जीवन चरित्रबाट जान्नुपर्ने कुरा हो । जात विशेषभन्दा परिस्थितिसँग भिड्ने व्यक्तिको व्यक्तित्व उच्च हुन्छ भन्ने कुरा गोठाले जीवन वृत्तिका कृष्णको उच्च व्यक्तित्वमा भएको रुपान्तरणले प्रमाणित गरेको छ ।

त्यसबेलाको समाजमा पुत्र मोह र लैङ्गिक विभेद रहेको कुरा जसुदाकी छोरी विन्द्यावासिनीसँग कृष्णलाई साट्नुले देखाउँछ ।

काम सानो हुँदैन भन्ने कुरा युधिष्ठिरको राजशूय यज्ञमा श्रीकृष्ण अतिथिका गोडा धोइदिने काममा खटिनुले देखाएको छ । आखिर पूजा शुरु हुँदा अग्रपूजा तिनै कृष्णको भएको थियो र अघि भर्खर गोडा धुवाएका अतिथिहरूले आश्चर्य मानेका थिए ।

प्रशस्त गोरस खाएर स्वस्थ रहेका कृष्णको शाकाहारी प्रवृत्तिले तीक्ष्ण बुद्धि र बलको लागि राम्रो उदाहरण पेश गरेको छ ।

ग्वालेनीहरूको निर्वस्त्र नुहाउने प्रवृत्तिलाई सबक सिकाएको घटना पनि कृष्ण लिलामा ‘चिरहरण’का नामले प्रसिद्ध छ ।

बाँसुरी, मुरलीको सङ्गीतले सबैलाई लठ्याउने कृष्णको कलाले मान्छे मात्रै होइन, गाईहरू पनि उत्तिकै लठ्ठिन्थे भनिन्छ । त्यसै सन्दर्भमा कृष्णको मुरलीको धुन सुन्दा लठ्ठिएर चपाउन लागेको अमिस्राको मुन्टो गाईले छोडिदिएको हुनाले आज पनि अम्रिसाका पातमा दाँतका डाम देख्न सकिन्छ भन्ने लोक कहावत छँदैछ ।

कृष्ण बाध्यतावस् एक ठाउँको जन्म एउटी आमाले जन्माउने अर्की आमाले हुर्काउने दुध खुवाउने परिवेशमा परेका थिए । त्यही कुरालाई लिएर अहिलेसम्म पनि ठूला–ठूला राजारजौटाहरूले धाईआमा राख्ने गरेको पाइन्छ । यसो गर्नु जानी नजानी कृष्ण जीवन आदर्शलाई पछ्याउनु मात्रै हो ।

कृष्ण र कंशको भाञ्जा–मामाको सम्बन्धमा कटुता मात्रै आएन, आखिर कृष्णले मामालाई मारे र बाआमालाई जेलमुक्त गरे । यसै कुराबाट पे्ररित भएर फलित ज्योतिषमा व्यक्तिको मामा कस्तो छ, भनी छैठांै अर्थात् शत्रुस्थानमा हेरिन्छ । मामा भाञ्जा नाता पर्ने गोरुको हल पनि जोत्दैनन् । शायद यही कुरालाई सहज पार्नको लागि हुन सक्छ, गाई भैँसीका आमाछोरीको दुध मिसाउनुहुन्न भनी एउटालाई बिक्री गरिहाल्छन् । आमाछोरीको दुध एउटै गोठमा उत्पादन हुनुको अर्थ उता मामा भाञ्जा नातासँगै हुर्किरहेका हुन्छन् ।

कृष्णको बहुआयामिक व्यक्तित्वलाई कंशका दरबारमा उपस्थित विभिन्न व्यक्तिहरूले उनलाई हेर्दै यसो भनेका थिए ।

मल्लानामशनिनृणां नरवरः स्त्रीणां स्मरो मूर्तिमान् ।
गोपानां स्वजनोऽसतां क्षितिभुजां शास्ता स्वपित्रोः शिशुः ।।
मृत्युर्भोजपतेर्विराडविदुषां तत्वं परंयोगिनाम् ।
वृष्णीनां परदेवतेति विदितो रङ्गं गतः साग्रजः ।।१७।। अध्याय ४३,स्कन्ध १०, श्रीमद्भागवत

कुश्तिबाजले ओहो यस्तो गठिलो शरीर पो कुश्तिका लागि उचित हुने हो । हामी त भद्दा भै सक्यौं, भन्थे । महिलाहरूले आफ्नो कल्पनामा कुँदेको जस्तो मान्छे होला भन्थे । गोठालाहरूले हाम्रै कानो त हो, क्या फूर्तिलो छ भन्थे । राजाहरूले यो कस्तो निर्भिक निडर साँच्चै राजाको राजा महाराजा हुनेजस्तो छ, भन्थे । बूढाबूढीहरूले अस्ति भर्खरको बच्चा हो, ठूलासँग निहुँ नखोजे हुन्थ्यो भनी खातिरदारी गर्थे । कंशले त साक्षात् मृत्यु नै देख्थ्यो । विद्वान्हरू, महाविद्वान्को उदाहरण दिने उच्च व्यक्ति सम्झन्थे । योगीहरूले परम तत्ववेत्ता भनी बुझ्थे । यादवहरू अहो, हाम्रो कुलको ज्योति भनी खुशी थिए भने आफ्ना सँगीसाथीहरूले हाम्रो नेता हो भनी खुशी व्यक्त गर्थे । एक व्यक्ति अनेकौं व्यक्तित्व र एक वस्तु अनेकौं दृष्टिकोणको अनुपम उदाहरणको सङ्गम

कृष्ण आफू एक स्थापित व्यक्तित्वको हैसियतमा आइसकेपछि ज्ञानमय त्याग र पे्रममय त्यागमा कुन ठूलो हुँदो हो भन्ने जान्ने विचार उब्जेछ । त्यसबेला उनको बसाइ द्वारिकामा हुने गथ्र्यो । अनि आफ्नो साहै्र टाउको दुःखेको बहाना गरी सभासद्लाई भनेछन्, ‘हे सभासद् हो १ मेरो साहै्र टाउको दुख्यो । दिनभरी यस्तै रहे म बाँच्न सक्तिनँ । म सानो हुँदा पनि कहिलेकाही यस्तै हुन्थ्यो । अनि सत्ताइसवटा गोठाला, गोठाली ९छिमेकी०का खुट्टाको धूलो बटुलेर लगाउँदा ठ्याक्कै सञ्चो हुन्थ्यो । लौ जनी गरेर तिमीहरू सत्ताइस जनाको खुट्टाको धूलो सङ्कलन गरी लगाई मेरो उपचार गर । खुट्टाको धूलो लिँदा मेरो टाउकोमा लगाउनका लागि हो भन्ने कुरा जानकारी दिन भने भुल्न हुनेछैन । भुलियो भने औषधिले कामै गर्दैन ।’

सभासद्हरू निकै फसादमा परे । मान्य मान्छेलाई आफ्ना खुट्टाको धूलो दिएर अगति पर्नु भएन भनी यताउता अरु मान्छे खोज्न हिँडे । कृष्णका टाउकोमा लाउनका लागि भनेपछि कसैले दिएनन् । आखिर भौतारिँदै जाँदा गोकुल पुगे । गोकुल पुगेपछि त ‘लौ१ लौ११ मेरा कानालाई सञ्चो हुन्छ भने किन नदिने’ भन्दै गोपगोपिनीहरूले फटाफट दिए । अनि दौड्दै गई धूलोप्र्रतिको इतिवृत्त बताए । अनि कृष्णले आफ्नो बाल्यकालको गोकुल सम्झदै हर्षाश्रु बगाउँदै धूलो टाउकोमा लगाए र सञ्चो भयो भने । ज्ञानमय त्यागमा रहेका झिना मसिना कुरा पे्रममय त्यागले च्यातचुत पारिदिँदो रहेछ भन्ने प्रमाणित भयो ।

कृष्णले कौरव पाण्डवबीच भएको महाभारत युद्धको नामले चिनिने महायुद्धमा रणनीतिक योजनाकारको भूमिका खेलेका थिए । लगभग चालीस लाखका हाराहारीमा युद्धमा समावेश भएका योद्धाहरूमा जम्मा दश जना मात्र ९पाण्डवतिर सात जना र कौरवतिर जना बचेका थिए । यस्तो होला भन्ने सायद ती योजनाकारमा कल्पानासम्म पनि थिएन होला । यस घटनाले उनमा युद्ध समस्याको समाधान होइन भन्ने कुरो थिग्रिएको थियो । तर, समय घर्किसकेको थियो ।

त्यो मात्रै कहाँ हो र रु त्यो युद्धको आगो आफ्नै यदुखलकमा पनि सल्क्यो र आफ्नै अगाडि भाई, भतिजा छोरा, नाति आपसमै काटाकाट गरी स्वाहा भए । आफ्नै वंश विनाशको रमिते हुन कृष्णलाई बाध्य हुनुप¥यो । चारैतिर हिंसात्मक द्वन्द्व मच्चिरहेको अहिलेको परिवेशमा कृष्ण जीवन चरित्रको चिन्तन मनन् गरी आपसी सहमति, समझदारी, मेलामिलापको मार्ग प्रशस्त गर्नु पर्छ । कृष्णको जीवन चरित्र अध्ययनबाट यस्तै थुपै्र कुरा सिक्न तथा मनन् गर्न सकिन्छ । कृष्ण जन्माष्टमी पर्वले सबैमा यही सद्भाव, जागृतिको ढोका खोल्न प्रेरणा देओस् भन्ने कामना




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?