Thursday March 20, 2025

साझा नेपाली समाज बेलायतको सचिवमा शुरेस केसी र महिला संयोजकमा श्रीमती माया खरेल प्रधान।

२ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1935


साझा नेपाली समाज बेलायतको सचिवमा शुरेस केसी र महिला संयोजकमा श्रीमती माया खरेल प्रधान।

शीतलपाटीन्युज डटकम।

लण्डन। नव निर्वाचित साझा नेपाली समाज,बेलायतको कार्यसमितिले पुर्णता पाएकोछ। सोमवार साँझ समाजका अध्यक्ष दिपक सापकोटाको अध्यक्षयतामा बसेको साझा नेपाली समाजको कार्यसमितिको बैठकले २५ सदस्यिय कार्यसमितिमा आवस्यक संख्याको मनोनित गरेकोहो।समाजका महासचिव शशांक शर्माका अनुसार कार्यसमितिमा मनोनित गर्दा मिडलैन्ड र यसको वरीपरीका क्षेत्र समेटेर समावेसी तरिकाले गरिएकोछ।

महासचिव शर्माले यो कार्यसमितिको मुख्य एजेन्डा नै मिडलैन्डमा बसोवास गर्न करिब तिस हजार नेपालीहरुको एकता नै भएको र यो एकता नयाँ कार्यसमितिको मनोनयनले झल्काउने दावी गर्नुभयो।  मनोनित कार्यसमितिको सचिवमा ब्यवसायी शुरेस केसी रहेकाछन भने महिला संयोजकमा श्रीमती माया खरेल प्रधान र सदस्यहरुमा माहाशर्मा खरेल,,धुर्वखरेल,यामलाल कंडेल,गोबिन्द सापकोटा र नवराज न्यौपाने रहेकाछन।  

त्यसैगरी बैठकले सामाजिक,धार्मिक,ब्यपारी र राजनैतिक क्षेत्रमा काम गरेका दिग्गज व्यक्तिहरुलाई समेटि सल्लाहकार समिति पनी गठन गरेकोछ। महासचिव शशांक शर्माका अनुसार राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याति कमाएका यि सल्लाहकारको नियुक्तीले समाजका आगमि कार्यहरु सजिलै सम्पादन गर्न सकिने र साझा नेपाली समाजले मिडलैन्डवासी मात्र नभई पुरै बेलायतवासी नेपालीका समस्याहरुलाई नेपाल सरकार र सम्बन्धित निकाय समक्ष लैजान सक्नेछ भनी दावी गर्नुभयो।

कार्यसमितिको सल्लाहकारमा कमल भन्डारी,शंकर भन्डारी,केशब भन्डारी,राजु कंडेल,गंगा गौतम,कृष्ण प्रसाद शर्मा,नारायण आचार्य,शरद शाही,बिस्व घिमिरे,सोम सापकोटा,राजेशमणी लामिछाने,कृष्ण गुरुङ,लाल थापा,भानु घिमिरे,शुरेष पौडेल,पवन शर्मा,मिलन सापकोटा,किशोर लामिछाने,प्रविण पान्डे,शेखर कंडेल,डिलाराम गौतम,कृष्ण खरेल,प्रेम आले मगर,लोकनाथ अधिकारी,पशुपती पोखरेल,कृष्ण ढकाल,कमल खरेल,बिरे्द्र खड्का,नृपेष उप्रेती,गोकर्ण हमाँगाई,शन्तोष पौडेल,भोजराज भन्डारी,कल्पना गुरुङ,मुकुन्द हरि खरेल,गोबिन्द खरेल,शिब पराजुली,गुन्जेश्वर न्यौपाने,बिष्णु सापकोटा,बाबुराम भुषाल,बिष्णु चालिसे,भिम सारु,गिता भट्टराई,हरिहर भट्टराई,प्रविण खराल,उदय राज आचार्य,प्रकास केसी,हरि भट्टराई,तारानाथ भन्डारी,बलराम चपाँगाई र नारायण प्रसाद फुयाँल रहेका छन।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?