Saturday December 02, 2023

एनआरएनए एनसीसीको कोषाध्यक्षमा सरोज सिग्देलको बिकल्प नै छैन

३ श्रावण, २०८० यीतलपाटीन्युज डटकम। 1549


एनआरएनए एनसीसीको कोषाध्यक्षमा सरोज सिग्देलको बिकल्प नै छैन

सुरेश कोइराला,

बाल्टिमोर । एनआरएनए एनसीसी कोषाध्यक्षमा……. उम्मेदवार सरोज सिग्देलले विदेशमा बस्ने नेपालीको हक हितको संरक्षण गर्दै मातृभूमीको प्रवद्र्धन गर्ने बताउनु भएको छ। 

विदेशी मुलुकमा नेपाली संस्कृति र पर्यटनको प्रवद्र्धन गर्नेछु,’उहाँले भन्नु भयो ‘प्रवासमा रहेका नेपालीहरूको स्थायित्व, सुरक्षित वैदेशिक लगानी समग्र हितमा क्रियाशिल रहने छु।’ स्वदेशमा विदेशी प्रत्यक्ष लागनी भित्र्याउन उत्प्रेरकको रुपमा भुमिका खेल्नेछु।’ 

नेपाल र अमेरिकाबीचको व्यापारलाई बढाउन नेपाली वस्तुहरूको प्रवद्र्धन गर्न आवश्यक पहल गर्ने पनि उहाँले बताउनु भएको छ । विदेशमा बस्ने नेपालीले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजी नेपालमा भित्राएर देशको आर्थिक र सामाजिक विकासमा टेवा पुर्याउन उहाँको प्रतिवद्धता छ। 

‘नेपालको सामाजिक तथा आर्थिक विकासमा अग्रसर बन्नेछु,’ उहाँले भन्नु भयो ‘गैरआवासीय नेपालीको पुँजी र मानव संशाधन लगानी नेपालको चोतर्फी विकास गर्न सरकार र उद्यमीसँग सहकार्य र साझेदारी गर्नेछु।’ 

यसका साथै अमेरिकाको विभिन्न राज्यमा बस्दै आएका नेपालीका लागि सामुदायिक केन्द्र निर्माण, बालबालिकालाई नेपाली भाषा, नैतिक शिक्षा अध्ययन अध्यापन, तालिम कक्ष सञ्चालन गर्ने उहँको चुनावी एजेन्डा छ। 

‘एनआरएनए अमेरिकामा स्थायी सचिवालयको स्थापना गरी कम्तीमा १ जना पूर्णकालीन कर्मचारी राखेर आवश्यकता अनुसार नेपालीहरूको सेवा पुर्याउने छु। यसका साथै एनआरएनए अमेरिका अन्तर्गत गठन भएको च्याप्टरका सम्पूर्ण अध्यक्षहरूलाई पदेन सदस्य बनाउनका लागि आवश्यक पहल गर्ने उहाँले बताउनु भयो। 

अमेरिकामा रहेका नेपालीहरूको सामुहिक बीमा र स्वास्थ्य बीमाको क्षेत्रमा प्रभावकारी कार्यक्रम अगाडि बढाउने उहाँको एजेन्डा छ। नेपालीहरूको बाक्लो बस्ती रहेका राज्यमा वाणिज्य दुतावास स्थापनको लागि समेत उहाँले पहल गर्ने बताउनु भएको छ।’



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?