Saturday February 08, 2025

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”५ दिने इटाली भ्रमणमा जाँदै

३ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 2460


प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”५ दिने इटाली भ्रमणमा जाँदै

शीतलपाटीन्युज डटकम।

३ साउन , काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणमा जाने भएका छन्। आज बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको ५ दिने इटाली भ्रमण स्वीकृत गरेको हो।

युनाइडेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मुभमेन्टको कार्यक्रममा भाग लिन उनी साउन ७ गते इटाली जान लागको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिए।

प्रधानमन्त्रीको भ्रमणमा कृषिमन्त्री वेदुराम भुसालसहित २० सदस्य रहनेछन्। प्रधानमन्त्री इटालीबाट साउन ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको प्रवक्ता शर्माले बताए।

(News24Glaxy.com)

 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?