३ श्रावण, २०८०
सुरेश कोइराला,
बाल्टिमोर। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको वारिष्ठ उपाध्यक्षका उम्मेदवार उप्रेतीले हामी नेपाली जहाँ रहेपनि नेपाली भएको बताउनु भएको छ। हामी जस्तो कारणले विदेशी भूमीलाई कर्मथलो बनाउन आइपुगे पनि सबैभन्दा पहिला नेपाली भएकाले एकवद्ध हुन खोजिएको उहाँले बताउनु भयो।
‘यो विदेशी भूमीमा हामीले राम्रा र असल काम गरेर देखाउनु पर्छ,’ उहाँले भन्नु भयो, नेपाल र नेपालीहरूकै पहिचानलाई चहकिलो बनाउन अहोरात्र खटिएर काम गर्नेछु,’उहाँले भन्नु भयो,हाम्रो संस्कृति भनेको जहाँ रहेपनि सबैलाई समेटर मिलेर बस्ने, एकअर्काको दुःखी हुने र सुखमा रमाउने हो। त्यसैले यो संस्थालाई अमेरिका भरिरहेका नेपालीहरूलाई समेटेर साझा चौतारी बनाउनतर्फ लाग्नुपर्छ।
नेपालीमा अन्तरनिहित यहि विशेषताहरुले हामीलाई अरु भन्दा फरक देखाएको हुँदा त्यो नै हाम्रो पहिचान रहेको उहाँको भनाइ छ। नेपालीहरुको यहि पहिचानलाई पुस्तौ पुस्तासम्म जीवन्त राख्न तथा भावी सन्ततीलाई नेपाल र नेपाली प्रति सदैव उत्तरदायी बनाउनु हामी सबैको जिम्मेवारी भएको हाल एनआरएनए एनसीसीका उपाध्यक्ष रहेको वारिष्ठ उपाध्यक्षका दावेदार उप्रेतीले बताउनु भयो।
‘नेपालीको परिचय भनेको भेषभूषा, भाषा, साहित्य, परम्परालगायतका विषयहरू हुन। सयभन्दा बढी भाषा र जाति अनि उनीहरू पिच्छेका पहिरनहरू हाम्रो अमूल्य निधि र सम्पति हो। त्यसको जगेर्ना गर्नु हाम्रो दायित्व हो।’
व्यापार व्यवसाय,घर परिवारबाट बचेको समयलाई सिंगो नेपाली परिवार र समुदायको हितमा खर्चने प्रणका साथ यो अभियानमा जोडिएको उहाँको भनाई छ।
एनआरएनको चाहनालाई पुरा गर्ने आफ्नो सपना अधुरो नै रहेकाले फेरि पनि अझै केही गरौ भन्ने इच्छाशक्तिको साथ सबैको सहयोग उपेक्षा गरेको उहाँले बताउँनु भयो। ‘मलाई तपाईहरु माथि पूर्ण भरोसा र विश्वास छ। तपाईहरूको त्यहि माया र सद्भावले नै पटक पटक अगाडि बढ्न प्रेरणा मिलेको छ। मेरो प्रतिपर्धा नेपाली समाजमा ब्याप्त समस्याहरूको न्यूनीकरण गर्नु नै हो र आफ्नो स्पष्ट लक्ष्यलाई स्थापित गर्दै अमेरिकामा हाम्रो समुदायको सदस्यहरुलाई यहाँंको मूल प्रवाहमा प्रवेश गराउने नै हो।’
साथै निर्वाचनको परिणामले सुम्पिने जिम्मेवारीलाई पूरा गर्न बाँकी दुई वर्षको लागि एनआरएनहरुको सेवामा खर्चने र एउटा सामाजिक अभियन्ताको रुपमा आफूलाई समर्पित हुनेगरी समय छुट्याएको उहाँले बताउनु भयो।