४ श्रावण, २०८०
सुरेश कोईराला,
बाल्टीमोर, अमेरिका। रमा खतिवडाले एनआरएन एनसीसी अमेरिकाको तर्फबाट महिला तथा युवा सशक्तिकरणका लागि उम्मेद्वारी दिनु भएको छ। एनआरएनएको विभिन्न अभियानमा सहभागी हुँदै आउनु भएकी रमाले आफूले अझैं योगदान दिनु जरुरी रहेकाले प्रतिस्पर्धामा उत्रिएको बताउनु भएको छ।
उम्मेद्वारी पछि एक प्रेस विज्ञप्ती जारी गर्दै रमाले भन्नु भएको छ,‘महिलाका रुपमा कार्यरत हुँदा प्राथमिकतामा महिलाहरुको मुद्धा,युवा र महिला सशक्तिकरण नै थियो। एनआरएनको आगामी निर्वाचनमा निर्वाचित भएको खण्डमा पनि महिला र युवाहरुको मुद्धालाई नै प्राथमिकतामा राखेर संस्थामा काम गर्नेछु।’
‘सबै पक्षमा सहयोग र समर्थनको अपेक्षा गरेको उल्लेख गर्दै आफुलाई विजयी बनाउन सबैमा सहयोगको अपिल गरेको छु’ रमाले भन्नु भयो।
रमाले महिलाहरूमाथि हुने हिंसा न्यूनीकरण गर्न, बालबालिकाहरूको लागि आवश्यक स्वास्थ्य सेवा र परामर्श सहज बनाउन,महिलाहरूलाई सामाजिक संघ संस्थाहरूमा बढीभन्दा बढि सहभागी हुन उत्प्रेरित गराउन भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ।
महिला सक्षमता प्रदर्शन गर्न तथा नेतृत्वका लागि तयार छन् भनेर प्रमाणित गर्न पनि आफूले उम्मेद्वारी दिएको रमाको भनाई छ। संस्थामा महिलाहरुको गौरवपूर्ण सहभागिता र उपस्थितिको खाँचो प्रस्ट्याउँदै उहाँले संस्थामा जुनियर एनआरएन, महिला र युवाहरुको सक्रिय सहभागितामा बिशेष ध्यान दिइने बताउनु भयो। रमा विगत ९ वर्षदेखि अमेरिकामा बस्दै आउनु भएको छ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसीसी अमेरिकाको आसन्न निर्वाचनकोलागी सञ्चालक समितिको महिला तर्फ अर्थात(बोर्ड अफ डाइरेक्टर)पदका लागी रमा खतिवडा प्याकुरेलले उमेदवारी दिनु भएको हो। सामाजिक सञ्जालमा मार्फत रमाले आफ्नो उमेदवारी र धारणाहरु सार्वजनिक गर्दै आउनु भएको छ।
एनआरएनएका हरेक तहमा अबको नेतृत्वले स्पस्ट भिजन र कार्यदिशा बोक्न, एनआरएनएको बाटो र गतिविधि बारे स्पस्ट नीति तर्जुमा गर्न अत्यावश्यक रहेको भन्दै रमाले आफुले पनि बोर्ड अफ डाइरेक्टरको महिलातर्फको पदमा उमेदवारी दिएको बताउनु भयो।