Tuesday July 08, 2025

अपनत्व कता हरायो

४ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1825


अपनत्व कता हरायो

बासुदेव सापकोटा (धादिंगे)


खोज्छु अपनत्व तर भेटिन्न 

खोजाइको के अर्थ भोर 

शुख र दुःखमा जैले 

खोज्छु आफ्नाको साथ 

 

तर त्यो अर्थहिन साथको 

खै के अर्थ भोर 

पैसामा खोजिन्छ आफ्नोपन 

रगत र भाबनामा हैन रेछ

 

बनावटि आफन्तपन जस्तो

देखावटिमा आफ्नोपन हुन्छ 

कृत्रिम अभिनय हाबि हुन्छ 

कठै बरको शब्दमा सिमित छ 

 

न मायाको भान भेटिन्छ 

न आफन्तपनको छनक नै

लाग्छ आफ्नाले आजभोलि

ब्यबहारमा पराइ पन झल्काए

 

मुटु पनि फलामको पाएकि

ढुंगा या पत्थरको पो हालेकि 

हाॅसोमा फिकापन मिसिएको 

बोलिमा नाटकिय पन लुकेको

 

खै के केको अनुभुति हुन्छ हुन्छ

आफन्तमा आफ्नोपन हरायो

माया ममताको गन्ध हरायो 

बिचरा  प्रकृति पनि खुशि छैनन् 

 

हॅास्नु पर्ने बेलामा धुम्म पर्छिन्

तर आफ्नो कर्तब्य पुरा गर्छिन्

छैनन् स्वार्थि उनि मनुस्य जस्तो

मनुस्यको स्वार्थ खै कस्तो कस्तो 

 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?