Saturday December 02, 2023

सातौं पिपल गल्फ च्याम्पियनसिप २०२३ भब्य सम्पन्न

६ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1434


सातौं पिपल गल्फ च्याम्पियनसिप २०२३ भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम।

लन्डन। सातौं संस्करणको पिपल गल्फ च्याम्पियनसिप २०२३ मा मिलन सारु ग्रस वीनर तथा हुम राना नेट वीनर बनेर च्याम्पियनसीप भब्य सम्पन्न भयको छ।

गोर्खा गल्फ सोसाइटी (युके) को आयोजनामा पाइने रिज गल्फ कोर्समा भएको प्रतियोगितामा डिभिजन ए,डिभिजन बि र डिभिजन सि क्याटागोरीमा खेलाइएको थियो। तीमध्ये डिभिजन एको विजेता रोशन राई बने। फस्ट रनर अप रुद्र खड्का र सेकेन्ड रनर अप सन्तोष गुरुङ घोषित भए। 

यस्तै, डिभिजन बी अन्तर्गत आकाश लिम्बु विजेता हुँदा बेलबहादुर गुरुङ फस्ट रनर अप र सनराइज गुरुङ सेकेन्ड रनर अप बन्न सफल भए। डिभिजन सि को वीनर सुविन थेवे घोषित भए। उक्त डिभिजनमा आशबहादुर गुरुङ र जगत गुरुङ क्रमशः फस्ट रनर अप र सेकेण्ड रनर अप बने। 

प्रतियोगिता सफलरुपमा सम्पन्न भएकोमा आयोजकले सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी वर्ष आठौं संस्करणमा भेट्ने प्रतिबद्धता जनाएको छ।

(श्रोत-गोर्खा मिडीया)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?