Friday February 14, 2025

एनआरएन अमेरिका मेरिल्याण्ड च्याप्टर अध्यक्षमा कुलप्रसाद गुरुङ निर्वाचित

११ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 2442


एनआरएन अमेरिका मेरिल्याण्ड च्याप्टर अध्यक्षमा कुलप्रसाद गुरुङ निर्वाचित

सुरेश कोइराला,

मेरिल्याण्ड,अमेरिका। एनआरएन अमेरिका मेरिल्याण्ड च्याप्टर अध्यक्षमा कुलप्रसाद गुरुङ निर्वाचित भएका छन्। निर्वाचन समितिले गएराती सार्वजनिक गरेको मतपरिणाम अनुसार गुरुङ कूल ९३४ मतसहित आगामी दुई वर्षका लागि अध्यक्ष निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी अध्यक्षका अर्का प्रत्यासी प्रेम सुवेदीले ४९९ मत प्राप्त गरेका छन् । मेरिल्याण्डमा कूल १ हजार ६ सय ९६ मतदाता थिए। जसमध्ये ३० जनाले अध्यक्षमा कसैलाई मतदान गरेनन्।

यसैगरी च्याप्टर उपाध्यक्षमा किरण पण्डित, सचिवमा गोविन्द सापकोटा र कोषाध्यक्षमा जनक पुन मगर निर्वाचित भएका छन्। च्याप्टर सदस्यहरुमा बावुराम भट्टराई, विजय अधिकारी, मनलाल जैसी, मोनिका लामिछाने, नारायण अधिकारी, ओमकाजी गुरुङ र रोशनी सापकोटा निर्वाचित भएका छन्।

कोषाध्यक्ष बाहेक अन्य सबै पदमा गुरुङ पक्षधर उम्मेदवार विजयी भएका हुन्। च्याप्टर कार्य समितिको महिला उपाध्यक्षमा सिर्जना न्यौपाने, महिला सचिवमा कुसुम खड्का,महिला संयोजकमा गीता सुबेदी र युवा संयोजकमा दामोदर पौडेल निर्विरोध निर्वाचित भैसकेका छन्।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?