Friday February 14, 2025

नेपालको पर्यटन प्रचार गर्दै “Hike for Nepal in Wales” भब्य सम्पन्न

१६ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 2342


नेपालको पर्यटन प्रचार गर्दै “Hike for Nepal in Wales” भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम।

लन्डन। बेलायतमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरेली मंच युकेले वर्षेनी आयोजना गर्दै आएको‘हाइक फर नेपालको पाँचौं संस्करण पनि भब्य सम्पन्न भएको छ।

पोखरेली मञ्च यूकेको आयोजनामा वेल्सको ब्रेकनमा शुक्रबार २८ जुलाई २०२३ बाट शुरु भएको पाँचौं ‘हाइक फर नेपाल २०२३’ आइतबार३० जुलाई २०२३ मा समापन भयको थियो।तीन दिन लामो कार्यक्रममा भाग लिन बेलायतका विभिन्न क्षेत्रबाट वेल्स आएकाहरु सहभागीहरु क्याम्पिङ साइटको आउटडोर क्याम्पमा बसेका थिए। जहाँ नेपाली खानाको स्टलदेखि सेल्फ कुकिङ,लाइभ संगीत, डिजे शो र बालबालिकाका खेललगायतका गतिविधि सञ्चालन गरिएका थिए।

हाइकिङ शुरु हुनुपूर्व २९ जुलाईको बिहान स्थानीय ब्रेकनको क्याम्प साइटमा एउटा स्वागत समारोहको आयोजना गरिएको थियो। सो स्वागत समारोहमा ब्रेकन बरो काउन्सीलका डेपुटी मेयर जोन पावेल, ब्रेकन-धम्पुस ट्विन्ड एशोसिएसन अध्यक्ष डेभिड मेरडिथ,वी विल राइज फाउन्डेसनका अध्यक्ष ग्रान्ड मास्टर तुलसी कुमार गुरुङ लगायतले शुभकामना दिएका थिए।पेखरेली मंच युकेको महासचिव जसु गुरुड्गले संचालन गरेको सो कार्यक्रममा स्थानीय बेलायती अतिथिहरुका साथै नेपाली भिलेज यूकेका म्यानेजिङ डाईरेक्टर मेजर खुशीमान गुरुङ एमभिओ,मञ्चका पूर्व अध्यक्ष मानप्रसाद गुरुङ, नेपालबाट आएका वेल बिइङ प्रशिक्षक मास्टर इन्द्र गुरुङ,नेपाल पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्याल,ब्लगर सपना रोका मगर,पीपल मरगेजका व्यवसायी सूर्य गुरुङ,रेडिङ नेपाली समाजका अध्यक्ष भिमसेन खड्का लगायतलाई आयोजकले स्वागत गरेका थिए।

कार्यक्रमको मुख्य दिन शनिबार ब्रेकन क्याम्पिड्ग साइटबाट “Pen y Fen Hill” पेनी फेन हिलले चिनिने ८८६ मीटर, २९०७ फिटमा रहेको पहाडको सामूहिक हाइकिङ गरिएको थियो। बालकदेखि वृद्धसम्मका सहभागीले नेपाल,बेलायत र वेल्सका राष्ट्रिय झन्डाहरु फहराउँदै झन्डै तीन घण्टा लामो मनोरन्जनात्मक हाइकिङ भयको थियो।


 

पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङले ‘हाइक फर नेपाल’ सिंगो नेपालको पर्यटन तथा मौलिक कला,संस्कृति प्रवर्द्धन र प्रचारप्रसारमा केन्द्रित रहेको बताउदै सबै नेपाली एक ठाउँमा उभिएर सफल पार्न आव्हान गरेका थिए। हाइकिङका सहभागीलाई ‘वेल बिइङ प्रशिक्षक’ मास्टर इन्द्र गुरुङले सकारात्मक चिन्तन र शारीरिक तन्दुरुस्ती प्रोत्साहन गर्ने अभ्यास पनि गराएका थिए।

Pen y Fen हाइक फर नेपाल इन वयल्स कार्यक्रम सफलतापुर्वक सकिए पछि सहभागीहरुलाई अन्तिम दिन ३० जुलाई आइतबार वेल्समा निर्माण हुँदै गरेको नेपाली भिलेज यूकेको अवलोकन भ्रमण गरिएको थियो। बेलायतवासी सयौं नेपालीको सामूहिक लगानीमा स्थापित भिलेजमा नेपाली मौलिक शैली र संस्कृति,सभ्यता झल्काउने गाउँको निर्माण प्रक्रिया र शेयर खरिद बारे जानकारी गराईएको थियो।

कार्यक्रम अवधिभर हरेक दिन बेलुका क्याम्पिङ साइटमा विभिन्न स्थानीय कलाकारका लाइभ सांगीतिक प्रस्तुतिसंगै डिजे डान्समर्फत् मनोरञ्जन गरिएको थियो। बेलायतमा नेपालको पर्यटन प्रवर्द्धन् गर्ने मूल लक्ष्यसहित सन् २०१७ मा पहिलोपटक पोखरेली मंच युकेका निबर्तमान अध्यक्ष मान प्रसाद गुरुड्गले “हाइक फर नेपाल इन वयल्स” आयोजना गर्नु भयको हो। 

यसअघिका हाइकिड्गमा ३०० भन्दा बढी सहभागीहरु उपस्थित भै मनोरन्जन र नेपालको पर्यटन बारे ब्यापक प्रसार गरीएको कार्यक्रममा यस पटक १५० जति सहभागी भयको कुरा पोखरेली मंचका अध्यक्ष करम गुरुड्गले बताउनु भयको छ।अध्यक्ष गुरुड्गले आयोजनामा सहयोगी संस्थाका रुपमा प्रचार गरिएका लन्डनस्थित नेपाली दूतावास,एनआरएनए यूके र अरु ठुला सामाजीक संस्थाहरुबाट प्रतिनिधिहरु कार्यक्रममा सहभागी नभयका कारण कम उपस्थित भयको बताउदै नेपालको पर्यटन बिकासका लागी हामी सबैको प्रयास जरुरी रहेको बताउनु भयो।

कार्यक्रम स्थानिय सासंद,तत्कालिन नेपाली राजदुताबासका महामहिम राजदुत डा दुर्गा बहादुर सुबेदी,ब्रेकन नेपाली समाज,वई वइल राइज नेपालका संस्थापक तुल्सी गुरुड्ग,गिनीज बुकमा नाम लेख्न सफल नेपालीहरु,माउन्ट एभरेष्ट आरोहीहरु,अभियन्ता सपना रोका,वेल बिइङ प्रशिक्षक मास्टर इन्द्र गुरुङको गरिमामय उपस्थीतीले भब्य भयको शंझना गर्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई अध्यक्ष करम गुरुड्ग एवम आयोजक सबैले धन्यबाद दिनु भयको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?