Saturday December 02, 2023

एनआरएनए आइसीसीको सचिवमा कृष्णजीबी पन्तले उम्मेदवारी दिदै

१७ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1643


एनआरएनए आइसीसीको सचिवमा कृष्णजीबी पन्तले उम्मेदवारी दिदै

सुरेश कोईराला,

अमेरीका। एनआरएनए आइसीसीको सचिवमा कृष्णजीबी पन्तले उम्मेदवारी दिने भएका छन्। यस अघि एनआरएनए अमेरिकाको वरिष्ठ उपाध्यक्षको सफल कार्यकाल सम्पन्न गरिसकेका पन्तले एनआरएनए आइसीसीको आगामी कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिने भएका हुन्।

विशेष स्रोतका अनुसार उनले आफ्नो चुनावी गतिविधि तिव्र पारिरहेको बताइएको छ। लामो समय देखी मेरिल्याण्ड राज्यलाई कर्मथलो बनाएका पन्त सामाजिक रुपमा पनि उत्तिकै क्रियाशिल छन्।

पन्थ एनआरएनएका विभिन्न अभियानमा समेत महत्वपूर्ण जिम्मेबारीमा रहदै आएका छन्। केही समय पहिले एनसीसी अमेरिकाले खरिद गरेको आफ्नै भवन खरिदका लागि रकम संकलन अभियानमा उनि संयोजक पनि रहेका थिए। उनलाई सुरुवाती समयबाट नै अर्को कार्यकालको अध्यक्षका रुपमा हेर्नेहरुको संख्या बाक्लै रहेको पाईन्छ।

अमेरिकामा मात्र नभई नेपालका विभिन्न जिल्लामा व्यक्तीगत र संस्थागत सहयोग गर्दै आएका पन्थको मत मेरिल्याण्ड लागाएत अन्य राज्यमा पनि उनको प्रभाव बलियो छ । निवर्तमान उपाध्यक्ष हुँदै बरिष्ठ उपाध्यक्ष भएका उनका मतदातासंख्या पनि लगातारको २ पदिय कार्यकालको सफलताका कारण यस पटक बढ्ने देखिन्छ। उनि बरिष्ठ उपाध्यक्ष पदमा विजयी हुँदा वेष्ट क्षेत्रबाट नै सबैभन्दा बढि मत ल्याएर विजयी भएकाले पनि उनको सामाजिक लोकप्रियता बलियो देखिन्छ।

एनआरएनए आइसीसीको सचिवमा पन्तको उम्मेदवारीलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?