Saturday December 02, 2023

लन्डनमा भब्य बन्यो १५ औं गुल्मेली बार्षिक मेला, नौमती बाजा देखि सांगीतिक प्रस्तुति भब्य

२३ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1659


लन्डनमा भब्य बन्यो १५ औं गुल्मेली बार्षिक मेला, नौमती बाजा देखि सांगीतिक प्रस्तुति भब्य

शीतलपाटीन्युज डटकम।

लन्डन। गुल्मी जिल्ला समाज यूकेको १५ औं वार्षिक भेला भव्य भएको छ। बेलायतमा बसोबास गर्दै आएका गुल्मेलीहरुको साझा संस्था गुल्मी जिल्ला समाज यूकेले ०६ अगस्त २०२३ आइतबार समर भेटघाट कार्यक्रम गरेको हो । लन्डन फेल्थमस्थित कम्युनिटी स्पोर्टस कलेजको खुल्ला मैदानमा बिबिध सांस्कृतिक कार्यक्रम सहित भएको जमघटमा झण्डै १५ सय जना सहभागी रहेका थिए।

समाजका अध्यक्ष बिर बलालको अध्यक्षतामा भयको उक्त कार्यक्रममा लण्डनस्थित पशुपतिनाथ मन्दिरका मूल पूजारी निलहरी घिमिरेले मन्त्र बाचन गर्दै स्वस्ती शान्ति गरिएको  समाजको सो कार्यक्रम अध्यक्ष बलाल, प्रमुख अतिथि लन्डन दुतावासकी उपनियोग प्रमुख रोशन खनालले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भयको थियो।

समाजका महासचिव रुद्र थापाले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक एवम् समाजका उपाध्यक्ष वरुण भण्डारीले उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य सहित स्वागत गरेका थिए।

साथै कोषाध्यक्ष मुकुन्द खरालले टिकेटिङ तथा गेट व्यवस्थापन सम्हालेका थिए। क्या.विर बहादुर थापको स्वागत गीतबाट सुरु भएको कार्यक्रममा  विभिन्न सांगीतिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो।

लन्डन दुतावासकी उपनियोग प्रमुख रोशन खनालको प्रमुख आतिथ्यतामा संचालन भयको कार्यक्रमलाई सम्बोधन गर्दै गुल्मी जिल्ला बेलायतमा समेत ठुलो जिल्लाको रुपमा परिचित भएको भन्दै कार्यक्रम भव्य भयको भन्दै धन्यवाद व्यक्त गर्नु भयको थियो।

समाजले सामाजिक क्षेत्रमा र गृह जिल्लाको अफ्ठ्यारोमा उत्कृष्ट कार्य गरेको भन्दै आभार व्यक्त पनि गर्नु भयको थियो। सो अबसरमा अध्यक्ष बलालले कार्यक्रममा उपस्थित  सबैलाई धन्यवाद ज्ञापन गर्नु भयको थियो।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष ओम प्रसाद थापा, पूर्व अध्यक्षहरु अर्जुन गौतम,राम गलामी,टोप पल्ली,गोर्खा मेजर गोबिन्द राना,मिस सपना रोका,पत्रकारहरु मोहन बस्नेत,शिव भण्डारी, कलाकारहरु,द प्यालेस,साउण्ड सिस्टम लेख राना लगायतलाई समाजले सम्मान” प्रदान गरेको थियो।

कार्यक्रममा लोकप्रिय गायक र स्थानीय गायक गायिकाहरुको सांगीतिक प्रस्तुति दिएका थिए भने साउण्ड सिस्टममा लेख रानाको प्रस्तुतिले पनि कार्यक्रम रोमान्चित बनेको आमन्त्रित बिभीन्न संघसंस्थाका पदाधिकारी र सहभागीहरुले बताएका थिए।

फोटो-शीब भण्डारी।

 

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?