Tuesday July 08, 2025

लण्डन आई पुगे लोकप्रिय कलाकार दमन रुपाखेती र पल्पसा डंगोल ‘चम्सुरी’ पहिलो शो २० अगस्तमा

२७ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 2429


लण्डन आई पुगे लोकप्रिय कलाकार दमन रुपाखेती र पल्पसा डंगोल ‘चम्सुरी’ पहिलो शो २० अगस्तमा

शीतलपाटीन्युज डटकम।

लन्डन। नेपाली हास्य क्षेत्रका दुई लोकप्रिय कलाकार दमन रुपाखेती र पल्पसा डंगोल ‘चम्सुरी’ बेलायत आइपुगेका छन्न। बेलायतका विभिन्न स्थानमा ‘कमेडी धमाका’ गर्न उनीहरु शुक्रबार लन्डन आइपुगेको हो।


इनास यूके अध्यक्ष विनोद चिपालु र निर्देशक एवम् कलाकार सनम वैरागले लन्डन हिथ्रो विमानस्थल पुगेर कलाकारद्वयलाई स्वागत गरेका थिए। पहिलो शो यही अगस्ट २० तारिख आइतबार साँझ वुल्लीचको ट्रामसेड थिएटरमा हुँदैछ। सो अवसरमा दमन र चम्सुरीको हास्यव्यंग्यका साथै कयौं स्थानीय कलाकारका मनोरञ्जनात्मक प्रस्तुतिहरु पनि रहने आयोजकले जनाएका छन्।

दमन रुपाखेती र पल्पसा डंगोल ’चम्सुरी’ले बेलायतवासी सबै  दर्शकलाई आफ्नो कार्यक्रममा निमन्त्रणा गरेका छन्।

कमेडी धमाकाका थप शोहरु बेलायतका विभिन्न क्षेत्रमा पनि आयोजना गर्ने तयारी रहेको आयोजक समूहमा संलग्न इनास यूके अध्यक्ष विनोद चिपालुले जानकारी दिएका छन।

(लण्डन नेपालन्युज)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?