Wednesday June 12, 2024

एनआरएनएकाे महासचिवमा दोहोरिँदै छन् गौरीराज जोशी

२७ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1622


एनआरएनएकाे महासचिवमा दोहोरिँदै छन् गौरीराज जोशी

शीतलपाटीन्युज डटकम।

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिवमा गौरीराज जोशीलाई दोहोर्‍याउन चौतर्फी दबाब सुरु भएको छ। गैरआवासीय अभियन्ताहरूले ‘फेरि महासचिवमा देख्न चाहेको’ भन्दै उनलाई दोहोर्‍याउने अभियान नै थालिसकेका छन्।

संसारभरका गैरआवासीय नेपालीहरूले महासचिवमा जोशीको निरन्तरता चाहेपछि उनी दोहोरिने निर्णयमा पुगेका छन्। त्यसो त उनी आउँदो कार्यकालका लागि उपाध्यक्षको जिम्मेवारी चाहन्थे। तर, संस्था चलायमान बनाउन र महासचिवजस्तो महत्वपूर्ण भूमिका निर्वाह गर्नकै लागि जोशीलाई खोजिएको छ।

सन् २००५ देखि गैरआवासीय नेपालीको अभियानमा जोडिएका जोशी आफू पद ओगट्न नभई काम गरेर देखाउन चाहेको बताउँछन्।

पछिल्लो समय कामभन्दा पनि प्रपोकाण्डा गर्ने प्रवृत्तिले एनआरएनएको गरिमा घट्नेतर्फ इंकित गर्दै आफू नतिजामा विश्वास गर्ने महासचिव जोशीले बताए। उनले आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि गैरआवासीय नेपालीको मुद्दामा केन्द्रीत रहन संघका इच्छुक उम्मेदवारहरूलाई अपीलसमेत गरेका छन्।

‘कुरा मात्र होइन काम गरेर प्रमाणित गर्नुपर्छ,’ जोशीले भने, ‘संस्थालाई सबैको साझा र दीगो बनाउनु अहिलेको आवस्यकता हो।’

एनआरएनएको नेतृत्वमा आउने हरकोही व्यक्तिले नेपाल र नेपालीलाई केन्द्रबिन्दू राखेर सकारात्मक काम गर्नुपर्नेमा उनको जोड छ। जोशी बौद्धिक तथा युवामाझ लोकप्रिय मानिन्छन्। अमेरिकामा आइटी क्षेत्रमा सफल व्यवसायी मानिने उनी लामो समयदेखि एनआरएनएको अभियानमा सक्रिय र सफल छन्।

एनआरएनएलाई प्रविधिमैत्री बनाउन एमआइएस सिस्टम, फेस भेरिफिकेसन सिस्टमका योजनाकार हुन्–जोेशी। संस्थाका हरेक गतिविधिलाई पार्दर्शी बनाउने अभियानमा लागेका जोशी नौला तथा रचनात्मक काम गर्न रुची राख्छन्। संघको आगामी निर्वाचन अनलाइन प्रणालीमा पनि हुँदैछ।

चितवनमा जन्मिएका जोशी सन् १९९७ मा अध्ययनका लागि अमेरिका गएका थिए। उनले अमेरिकामै आइटीको अध्ययन पूरा गरे। र, पछिल्लो समय उनी आइटीबाहेक रियल स्टेटको काराेबारमा पनि संलग्न छन्। उनको नेपालमा इन्सुरेन्स, बैंकिङ क्षेत्र, प्रविधि, हाइड्रोलगायत विभिन्न क्षेत्रमा समेत लगानी छ। जोशीले भारतमा पनि आइटी व्यवसाय विस्तार गरेका छन्।

सन् २००५ देखि एनआरएनए अभियानमा जोडिएका जोशीले नेपाली समाज टेक्ससको अध्यक्ष भएर काम गरिसकेका छन्। उनी एनआरएनए एनसीसी अमेरिकाको आजीवन सदस्य हुन्।

यस्तै, ‘मेम्बरसीप कोअर्डिनेटर’ भएर काम गरिसकेका जोशी २०१५ देखि एनआरएनएमा झन् सक्रिय छन्। उनीसँग एनआरएनएको अमेरिकी क्षेत्रीय संयोजक भएर काम गरेको अनुभव छ। जोशी २०१९–२०२१ कार्यकालमा सचिव पदमा अत्याधिक मतसहित विजयी भएका थिए।

आउने चुनावमा महासचिव पदका लागि चर्चामा अरू पनि छन् तर प्रवल आकांक्षीमा उभिएका छन्— जोशी। किनभने विश्वका सबै एनसीसीमा उनको प्रभाव बलियो छ। उनी सबै टीमको रोजाइँमा परेका छन्। सम्भवतः उनी महासचिव पदका साझा उम्मेदवार बन्दैछन्। महासचिव पदमै अमेरिकाबाट बुद्धीसागर सुवेदी र बेल्जियमका गंगाधर गौतमले इच्छा जनाएका छन्।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?