Saturday December 02, 2023

सोंपाल समाज यूकेद्वारा वरिष्ठ संस्कृतिकर्मी तथा नायक ताराबहादुर गुरुङलाई हिथ्रो एअरपोर्टमा स्वागत

२७ श्रावण, २०८० शीतलपाटीन्युज डटकम। 1150


सोंपाल समाज यूकेद्वारा वरिष्ठ संस्कृतिकर्मी तथा नायक ताराबहादुर गुरुङलाई हिथ्रो एअरपोर्टमा स्वागत

शीतलपाटीन्युज डठकम।

लन्डन। सोंपाल समाज यूकेको निमन्त्रणामा वरिष्ठ संस्कृतिकर्मी तथा नायक ताराबहादुर गुरुङ बेलायत आइपुगेका छन्। वरिष्ठ संस्कृतिकर्मी तथा नायक ताराबहादुर गुरुङला ई सोपाल समाज युकेका अध्यछ श्रीप्रसाद गुरुङ लगायतले लण्डन हिथ्रो एअरपोर्टमा ओर्लनासाथ स्वागत र सम्मान गर्यो।

वरिष्ठ संस्कृतिकर्मी तथा नायक गुरुङ तमु (गुरुङ) कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिका सल्लाहकार समेत रहेका र लोक संस्कृति तथा कला क्षेत्रमा विशेष योगदान पुर्‍याए बापत विशेष सम्मान ग्रहण गर्न,चलचित्रको प्रिमियर शो र नेपाली मेलाका लागि बिहीबार लन्डन आइपुगेको हो।

नायक गुरुङको स्वागतका लागि सोंपाल समाज यूकेकाअध्यक्ष श्रीप्रसाद गुरुङ,फस्ट लेडी मनदेवी गुरुङ, वरिष्ठ उपाध्यक्ष जगदीश गुरुङ,निवर्तमान अध्यक्ष तथा ट्रस्टीज युक्त गुरुङ,पूर्वअध्यक्ष क्या‍प्टेन प्रेम गुरुङ,महासचिव भरत गुरुङ, ट्रस्टी क्याप्टेन चित्र गुरुङ,सल्लाहकार क्या रामकाजी गुरुङ,ट्रस्टीज दिपक गुरुङ,टेक गुरुङ,आमा समूहकी निवर्तमान अध्यक्ष नइन्द्र गुरुङ,गीता गुरुङ,कृष्णा गुरुङ,तमु समाज यूकेका निवर्तमान अध्यक्ष शिवशरण गुरुङलगायत पदाधिकारीहरु,कार्यसमिति सदस्यहरु,शुभचिन्तकहरु, शुभेच्छकहरु एयरपोर्ट पुगेका थिए।

गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङलाई हिथ्रो एयरपोर्टमा स्वागत गर्न पाउँदा आफू र सोंपाल समाज यूके परिवार अत्यन्तै खुसी भएको महासचिव भरत गुरुङले बताए। सञ्चारकर्मीसँग विमानस्थलमा कुराकानी गर्दै नायक गुरुङले बेलायत आउन पाउने भएपछि खुसीको सीमा नरहेको र यात्रा उल्लासमय रहेको तथा सोपाल समाजको छोरा भएर जन्मनु भाग्यमानी ठानेको बताए। 

उनले सोपाल समाजको स्वागत,सम्मान र माया जिन्दगीभर नभुल्ने र आफूले लिएको बाटो कला, संस्कृतिलाई अझै उजागर गरेर लैजाने प्रतिबद्धता जनाएका थिए।

(लण्डन नेपालन्युजबाट।)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?