२७ श्रावण, २०८०
शीतलपाटीन्युज डटकम
पोखरा। गोर्खा मिडियाका सम्पादक हुमबहादुर गुरुङ कञ्चन पत्रकारिता पुरस्कार–२०८० बाट पुरस्कृत हुनु भएको समाचार छ।
तमुधिं नेपालका अध्यक्षसमेत रहेका गुरुङ शनिबार १२ अगस्ट २०२३ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीबाट २५ हजार रुपैयाँ नगदसहित पुरस्कृत हुनु भएको हो। पत्रकार गुरुङलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले नगद र प्रमाणपत्र हस्तान्तरण गर्नु भयको छ।
उहा हाल कास्की आवाज दैनिकका प्रधानसम्पादक पनि हुनुहुन्छ। पोखरामा रहेर लामो समय पत्रकारितामा क्रियाशील उहाले विभिन्न मिडियामा रहेर उल्लेख्य योगदान दिनु भएको छ। उहा लगायत मुस्ताङका पत्रकार सुन्दरकुमार थकाली पनि कञ्चन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
पोखराको प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उहाको परिवारले बावुआमा वेदमान र नेत्रकुमारी गुभाजुको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेका थिए। हरेक वर्ष २ जना पुरस्कृत हुने सो पुरस्कार यसअघि रुद्रबहादुर थापा,शान्ति गुरुङ,उदयबहादुर अमात्य, राजेशचन्द्र राजभण्डारी,केबी राना र आश गुरुङले प्राप्त गरिसकेका छन्।
(गोर्खा मिडीयाबाट)